७ बैशाख २०८१, शुक्रबार

सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन चैत्र २६ गते


सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको चुनाव आउँदो चैत्र २६ गते हुने भएको छ । सुर्खेत उद्योग बाणिज्य संघको आज(शुक्रबार) बसेको बैठकले आउँदो चैत्र २६ गते चुनाव गर्ने निर्णय गरेको हो ।
साधारणसभाले गरेर आगामी चैत्र २६ गते चुनाव गर्ने निर्णय भएको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।
त्यस्तै, सदस्यता माग गर्दै केही उद्योगी तथा व्यापारीहरुले सुर्खेत उद्योग बाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेका छन् । सदस्यता खारेज गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।
लगातार तीन वर्षसम्म नविकरण नगरेका सदस्ययता खारेज हुने बिधानमा व्यवस्था भएकाले उनीहरुको सदस्यता खारेज भएको असन्तुष्ट पक्षले तालाबन्दी गरेको अध्यक्ष रावतले बताए ।
नियम विपरित सदस्यता दिन र नविकरण गर्न नसकिने उनको भनाई रहेको छ ।