‘सम्भि राख है साथी’ बजारमा


कालीकोटः सुविस्ता इन्टरटेन्मेन्टले ‘सम्भि राख है साथी’ एल्बम बजारमा ल्याएको छ । यतिबेला चर्चामा आएको बाल गायकहरुले स्वर दिएको उक्त गित बजारमा आइसकेको हो ।
बाल गायक रुक्साना लिम्बु र सुप्रिम मल्लको स्वरमा रहेको छ । उमेश खड्काको शव्द, सागर संसारको एरेन्ज रहेको गित माहोल स्टुडियोमा रेकड भएको छ । रुकेश राईले रेर्कडिङ गरेको उक्त गितलाई अशोक महर्जनले मिक्सिङ गरेका छन् ।

विरेन्द भट्टले छायांकन तथा प्रविन थापाले निर्देशन गरेको उक्त गितमा बाल गायक रुकसना लिम्बु र सुप्रिम मल्ल आफैले अभियन गरेका छन् ।