६ जेष्ठ २०८१, आईतवार

गाउँ केन्द्रीत हुन नेता शाहीको आग्रह


कालीकोटः नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिका सदस्य दमनबहादुर शाहीले नेता कार्यकतालाई गाउँ केन्द्रीत हुन आग्रह गरेका छन् ।
सरकारले बैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेपछि अव जिल्ला बाहिर भन्दा पनि जिल्लाभित्र, जिल्ला भित्र भन्दा पनि आफ्नो गाउँठाउँमा गएर संगठन विस्तार र चुनाव प्रचार प्रसारमा लाग्न आग्रह गरेका हुन् । उनले ‘आम मतदाता र शुभचिन्तकको आसा, भरोसा, बिश्वास टुट्न दिनु हुन्न । आउनुहोस् उत्साह, उमंग ,एकता लियर गाउँ जाउँ ।’ भन्दै सवै नेता कार्यकतालाई गाउँ केन्द्रीत हुन भनेका छन् ।


जिल्ला विगतदेखि नै काँग्रेसले स्थानीय, प्रदेश, संघिय निर्वाचनमा पराजय भोग्दै आएकाले यस पटक तिनै तहको निर्वाचनमा काँग्रेसलाई विजयी गराउनका लागि सवै कार्यकताहरु गाउँ केन्द्रीत भएर जनताको सुखःदुखमा साथ दिनुपर्ने, जनताको भावना बुझ्नु पर्ने र काँग्रेसको पक्षमा मतदान गर्न लागाउनुपर्ने भएकाले सवैले गाउँ, टोल, वडा र पालिका केन्द्रीत हुन आवश्यक रहेको भन्दै काँग्रेस नेता कार्यकतलाई अव कालीकोट फर्कन आग्रह गरेका हुन् ।