५ जेष्ठ २०८१, शनिबार

चुनावमा सहभागी हुने विप्लवको प्रस्तावले पार्टी फुटको संघारमा


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा चुनावमा सहभागी हुने प्रस्तावको चर्को विरोध गरेका छन् । कपिलवस्तुको शिवनगरमा शुक्रबार जारी बैठक महासचिव विप्लवले चुनाव उपभोग गर्ने प्रस्ताव पेश गरेरपछि पार्टीमा मत विभाजन आएको हो ।
बैठकमा बोल्दै नेताहरुले महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको नेताहरुले धारणा राखेका छन् ।
पटक–पटक स्थगित हुँदै आएको विप्लव नेकपाको केन्द्रीय समिति बैठक शुक्रबारबाट सुरु भएको थियो ।
पहिलो दिन महासचिव विप्लवको राजनीतिक प्रस्ताव अध्ययनको लागि भन्दै केन्द्रीय सदस्यहरुलाई बाँडिएको थियो । शनिबारको बैठकमा केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि धारणा राख्ने कार्यसूची थियो । तर, बहुसंख्यक केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावमाथि सचिवालकै सदस्यहरुको धारणा आउनुपर्ने माग गरे ।
केन्द्रीय सदस्यहरुको मागअनुसार अहिलेसम्म सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढाले धारणा राखिसकेका छन् । बास्तोला र ओलीले चुनावमा सहभागी हुने विप्लवको प्रस्ताव क्रान्ति विरोधी मात्रै नभएर पार्टी विभाजनकारी भएको भन्दै फिर्ता लिन आग्रह गरेका छन् ।
एक केन्द्रीय सदस्यका अनुसार नेता बास्तोलाले महासचिव विप्लवको प्रस्तावमाथि धारणा राख्दै भने, ‘चुनावमा सहभागी हुने प्रस्ताव क्रान्ति विरोधी छ, पार्टी विभाजनकारी छ । प्रस्ताव फिर्ता लिएर क्रान्ति र पार्टीको रक्षा गर्नुपर्छ ।’ उनले चुनावमा सहभागी हुने सोच क्रान्ति विरोधी भएको समेत बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
त्यसैगरी सचिवालय सदस्य ओलीले विप्लवको प्रस्ताव देश र जनताले अपेक्षाको विरुद्धमा भएको बताए । प्रस्तावले क्रान्तिकारी कार्यभार पूरा नगर्ने बताउँदै फिर्ता लिएर चुनाव बहिस्कारको कार्यक्रम बनाउनुपर्ने धारणा राखे । ‘जनसंग्रहको नारा लगाएर स्थानीय तहको चुनावाम जाने महासचिवको प्रस्ताव देश र जनताले हामीसँग गरेको अपेक्षाको विरुद्धमा छ । यसले पार्टीलाई विभाजनमा लैजान्छ । यो प्रस्ताव फिर्ता लिएर चुनाव बहिस्कारको योजनासहितको प्रस्ताव ल्याउने आग्रह गर्दछु’ ओली बैठकमा भनेको स्रोतले जानकारी दिएको छ ।
अर्का सचिवलाय सदस्य बुढाले भने आज भनाई फेरेका छन् । सचिवालय बैठकमा विप्लवको प्रस्तावको विरुद्धमा बोलेका बुढाले नेतृत्वले धोका नदिने भन्दै चुनाव उपयोग गर्न सकिने धारणा राखे ।
अब बैठकमा सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा र महासचिव विप्लवले बोल्ने बाँकी छ ।
आज सचिवालय सदस्यहरुले बोलेपछि भोलिबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने एक नेताले जानकारी दिए ।
यसभन्दा अघि एउटा युटुयवमा अन्र्तवार्ता दिदैँ पार्टीको प्रवक्ता समेत रहेको विश्वकर्माले कालीकोटमा सबै दलले गठबन्धन बनाएपनि चुनावमा आफुले जित्ने बताएका थिए । उनलाई केही समय पहिले एमाले प्रवेश गर्ने पनि हल्ला चलेको थियो ।