२३ बैशाख २०८१, आईतवार

प्रभावकारी भएन्, ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम


सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०६७ बजेटमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम लागु गरेको थियो । कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कालिकोट खाँडाचक्र नगरपालिका– १ कि डेढ महिनाकी जमुना सुनार र सोही नगरपालिका– २ कि साढे ३ महिनाकी जानकी परियारको नाममा राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर शुभारम्भ गरेका थिए ।
कर्णाली प्रदेशका १० जिल्लामा नै लागु हुने गरि सञ्चालन गरिएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम अहिले प्रभावकारी लागु हुन सकेको छैन् ।
२०७६ साल साउन १ गतेदेखि यता जन्मिएका छोरीलाई प्रदेश सरकारले बैंक खाता खोल्ने कर्णाली प्रदेश सरकारको योजना रहेको थियो ।
कार्यक्रम लागु भए यता कर्णाली प्रदेशमा कार्यक्रम लागु भए यता अहिलेसम्म १३ हजार ८ सय १४ छोरीको बैंकमा खाता खोलिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तर, त्यसयता करिब २४ हजार ५ सय छोरीको जन्म भएको प्रदेश योजना आयोगको तथ्यांक छ ।
आर्थिक वर्ष ०७६/७७ मा ७ हजार २ सय ९९ र ७७/७८ मा ६ हजार २ सय २८ छोरीको खाता खोलिएको र कर्णालीका ७९ स्थानीय तहमध्ये १७ स्थानीय तहले विवरण नपठाएको सामाजिक विकास मन्त्रालयका मन्त्रालयकी अधिकृत देवी सुवेदी बताइन् । ‘हुम्लाको सिमकोट गाउँपालिकाबाहेक अन्य ६ गाउँपालिका, सुर्खेतको भेरीगंगा नगरपालिका, जुम्लाको हिमा गाउँपालिका र मुगुको छायानाथरारा नगरपालिकामा अझै कार्यक्रम लागू भएको छैन ।’ उनले भनिन्,‘बैंक खाताका लागि बालिकाका अभिभावकले जन्मदर्ताको प्रतिलिपिसहित आफू बसिरहेको स्थानीय तहमा ४५ दिनभित्र निवेदन दिनुपर्छ ।’
मन्त्रालयका अनुसार कार्यक्रमका लागि आव ०७६/७७ मा ३ करोड ८४ लाख विनियोजन गरेको सरकारले २ करोड ६७ लाख रुपैयाँ खर्च गरेको थियो भने गत वर्ष ५ करोड ३ लाख रुपैयाँ छुट्टयाइएको थियो ।
कार्यविधि अनुसार ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ खातामा प्रदेश सरकारले पहिलो चरणमा एकमुष्ट एक हजार रुपैयाँ जम्मा गर्नेछ । त्यसपछि हरेक महिना पाँच सय रुपैयाँका दरले सरकारले बैंक खातामा जम्मा गरिदिने कार्यबिधि रहेको छ ।
हुुम्लामा सिमकोट गाउँपालिका लागु भएपनि अन्य गाउँपालिका लागु हुन नसकेको छैन् । कार्यक्रम सञ्चालन गर्नका लागि मुख्यमन्त्री जीवनबहादुर शाही शुक्रबार हुम्ला पुगेका छन् । बैंक खातासम्बन्धी कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री शाहीले सहभागिता जनाउने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।