२३ बैशाख २०८१, आईतवार

मिनि ट्रक भेरी नदीमा खस्दा एक जनाको मृत्यु, एक जना वेपत्ता


सुर्खेत । भेरी नदीमा मिनी ट्रक खस्दा सह–चालकको मृत्यु भएको छ । सोमबार राती साढे १ बजेको समयमा मिनि ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको हो ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ मनकाबगरमा गोतामकोटदेखि डोल्पाको खदाङतर्फ खुद्रा सामान लिएर जादै गरेको नम्बर नखुलेको मिनी ट्रक भेरी नदीमा खस्दा आठबिसकोट नगरपालिका–६ का ट्रक सह–चालक २२ वर्षीया धनबहादुर बोहरा घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरीका कार्यालय प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता गणेशबहादुर बमले बताए ।
उनले मिनि ट्रक खस्दा आठबिसकोट नगरपालिका–६का २३ वर्षीया अनिल बिक बेपत्ता भएको प्रहरीद्वारा खोजी कार्य भईरहेको जानकारी दिए ।