१८ चैत्र २०८१, मंगलवार

पूनः एक कार्यकाल यही पदमा दोहोरिने सोच गरेको छुँः शुभकालिका गाउँपालिका अध्यक्ष चौलागाई


कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंको जन्म २०३१ बैषाख ३१ गते साविकको भर्ता गाविस वडा नं.३ हालको शुभकालिका गाउँपालिका –३ मा भएको हो । दुई जना दिदीबहीनीका एक मात्र उनी दाई र भाई हुन् । बुबा सर्पानन्द चौलागाईं र आमा कमला चौलागाईंको कोखमा जन्मिएका खडानन्दका १ छोरी २ छोरा रहेका छन् ।
बिएलसम्मको अध्यायन गरेका चौलागाई मनोविमर्शकर्ता रुपमा चिनिन्छन् । २०४६ कार्तिक १८ गते अनेरास्ववीयु एकताको पाँचौको सदस्यता लिएर राजनैतिक यात्राको सुरुवात गरेका उनले २०५२ को संगठित सदस्यता, नेपाल ल क्याम्स प्राक सदस्य, २०५४ नेकपा मालेको जिल्ला कमिटी सदस्य हुँदै एमालेको सातौ जिल्ला अधिवेशन, आठौ जिल्ला अधिवेशन र ९ औ जिल्ला अधिवेशनमा निर्वाचित जिल्ला कमिटी सदस्य भएका थिए ।
एमाले पार्टीमा विभाजन भएपछि हाल नेकपा(एकीकृत समाजवादी) कालीकोट जिल्ला कमिटी सचिवसमेत रहेको कालीकोटको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंसँग इकर्णाली पाटीका लागि कृष्णराज धमलाले गरेको कुराकानीको सारसंक्षेपः ।

स्थानीय तहमा उम्मेदवार बन्दै गर्दा गरिएको प्रतिबद्धता कति पुरा भए ? प्रतिबद्धता अनुसार के के काम गर्न सकिएन ?
क) सडक — सेरीघाट देखी भर्ता, सुकाटीया हाउडी पैदल हिड्नु पर्ने अवस्था थियो सो समस्या सामाधान गर्छु सबै वडामा गाडी पुगाउने प्रतिवद्धता थियो । अहिले सम्म बिभिन्न अवरोधका बावजुद (४ वटा डोजर पल्ेटेका छन) सेरीघाट भर्ता दैलेख किलोहान्ना भर्ता, दैखोला छाती, काली राराकाटीया , चौलागाईवाडा उदोगाउ, ब्याउली हाउडी हुदै कालिका मुग्राहा भुलुकोट गरी जम्मा ६२ किलोमिटर सडक खनेर गाडी चलीरहेका छन । अझै बाकी २ महीना भित्र १० किमि सडक खन्न सकिने अवस्था छ ।
ख) विद्युत — करोडौं लागानी भएर अलपत्र परेका भर्ता गाड जलविद्युत योजना, भलेटागाड जलविपधुत योजना र हाउडीगाड जलविद्युत बाट बत्ति बाल्ने प्रतिबद्धता गरेकोमा भलेटागाड र हाउडी गाडबाट वडानं ५, ६, ७ र ८ का सबै घरधुरीमा मा बत्ति बलीरहेको छ भने भर्तागाडको विधुत निकाल्ने साईट छनौटमा कम्जोरी भएका कारण बत्ति बल्न सकेको छैन् । वडा नं. १,२,३ र ४ मा राष्टीय प्रसारण लाईन बाट १ महीना भित्र बत्ती बल्दै छ । वडानंं ४ को राराकाटीयमा १५० किलोवाट सोलार मिनीग्रेट जडान गरी बत्ती बाल्ने अन्तिम तयारी भईरहेको छ ।
ग) शिक्षा— शुभकालिका गाउँपालिकाका २९ वटा विद्यालय (३ वटा मा.वि.मा अभिभावक बाट पैसा उठाएर शिक्षक पाल्नु पर्ने अवस्था थियो सो समस्या समधान गर्छौ भनेर प्रतिवद्धता व्यक्त गरेका थियौं । बालबालिका लाइ बस्ने कोठा नभएर चौरमा बस्नुपर्ने अवस्था थियो । अधिकाश विद्यालयमा स्वच्छ खानेपानी र शौचालयको अभावका कारण बालबालिकाहरुले घरबाट खानेपानी बोकेर खानु पर्ने दिशा पिसाव गर्न जंगल जानुपर्ने अवस्था थियो । २ वटा कक्षाका वालबालिका एउटै कक्षामा बस्नु पर्ने बाध्यता थियो । १८ बालविकास केन्द्र १६ आधारभुत(प्रा.वि.) १८ नि.मा.वी. ११ मा.वि. दर्वन्दी स्वीकृत गरी पठनपाठन संचालन भएको छ । प्रविधिमैत्री विद्यालय , कम्युटर ल्वाव , विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना ।
गाँउपालिकाले विशेष अनुदानमार्फत प्रत्येक विद्यालयमा ल्यापटप, प्रिन्टर, डेक्कटप, पेनडाईभ, प्रोजेक्टर लगायतका सामाग्री वितरण गरी कक्षा कोठामा भिडियोमार्फत शिक्षण शुरु गरेको छ । त्यसैगरी ५ वटा विद्यालयमा कम्प्युटर ल्याव, ५ बटा विदालयमा विज्ञान प्रयोगशाला तथा ४ वटा विद्यालयमा पुस्तकालय स्थापना र ७ वटा विदालयमा सोलाार जडान गरी कुल १ करोड ९१ लाख लगानी गरेको छ ।
गाँउपालिकाको विशेष पहलमा किर्डाक नेपाल र सेभ द चिल्ड्रेन को साझेदारीमा संचालित सहयात्रा दोश्रो परियोजना मार्फत कक्षा कोठाको व्यवस्थापन, भौतिक सुधार तथा निर्माण, जोखिममा रहेका बाल बालिकालाई शैििक्षक सामाग्री सहयोग, बाल क्लब शशक्तिकरण, गुनासो सुनुवाई सन्यन्त्रको स्थापना, किशोरी कक्ष लगायतका क्षेत्रमा योगदानमा शैक्षिक सुधारका काम भएका छन् ।
गाँउपालिकाको पहलमा प्रविधिको प्रयोगको लागि प्रत्येक विद्यालयमा म्याग्नेट बोर्ड वितरण गरी सामाग्री सहितको शिक्षण शुरु गरिएको छ ।
विद्यालय तथा वालविकास केन्द्रहरुलाई एकीकृत शैक्षिक व्यवस्थापन तथा सुचना प्रणालीमा आवद्ध गरिएका छन् ।
कृषि विद्यालयको स्थापना गरिएको छ । शुभकालिका गाउँपालिकाको वडा नं ४ मा प्राविधिक विद्यालय शिक्षाको विकास र विस्तार गरी प्राविधिक जनशक्ति उत्पादन् गर्ने उद्देश्यको लागि महादेव मावि राराकाटियामा कृषि विद्यालयको स्थापना भई पठनपाठन भईरहेको छ । खानेपानी गाउँपालिका लाई स्वच्छ खानेपानी योजना पु¥याउने भनेका थियौं । अहिले त्यसमा धेरै काम भएका छन् ।

तपाईको कार्यकालमा गरिएका नमूना कामहरु के के हुन् ? जसले गर्दा नागरिकहरुले आगामी दिनमा पनि तपाईलाई सम्झिरहने छन् ?
शुभकालिका गाउँपालिका कार्यसम्पादन मुल्याङ्नमा जिल्लाकै उत्कृष्ट भएको छ । ६२ किलोमिटर सडक खनेर गाडी चलिरहेका छन । ३७ वटा पिसिसी पक्की बाटाहरु निर्माण भएका छन् । जसमा ७८६६ जनाले रोजगारी पाएका छन् । ११३ जनाले प्रत्यक्ष रुपमा विभिन्न शिक्षा, स्वास्थ्य क्षेत्रमा रोजगारी नियूक्त भएका छन । ३३२ जना महीला ५१ जना दलित एवं विपन्न पुरुष लाई सिलाईकटाई, आलुचिप्स, होजियारी, दालमोट उद्योग, गलैचावुनाई, लसुन र अदुवा खेतीजस्ता लघुउद्यमी तालिम उपकरण र ४२ अपागंता भएका व्यक्तिलाई बख्रा पालन सहयो गरेर रोजगारी श्रृजना गरि आत्म निर्भर भएका छन ।
विद्युतले गाउँपालिकाको २९८१ घरधुरी मध्ये १०६० घरधुरीमा बत्ति बलिसकेको छ भने १९२१ घरधुरीमा राष्ट्रिय प्रसारण लाईनको तार तान्ने काम भईरहेकोछ । १ महिना भित्र बत्ति बल्ने तयारी छ ।
खानेपानी तथा सरसफाईमा शुभकालिका गाउँपालिकाका वटै वडामा १६ वटा खानेपानी तथा सरसफाई योजना एक घर एक धारा प्रविधि ११६० वटा धारा ४८ वटा रिर्जभ टेकीं बाट सम्पन्न भएका छन् । ८ वटा थप खानेपानी योजना सर्भे भएका छन् ।
गाउँपालिका स्तरीय बहुबर्षीय औधोगिकग्राम बृहत कार्यक्रम स्वीकृत भई पहिलो किस्ता रकम आएर पूर्वाधार निर्माण कार्य सुरु भएको छ । उक्त औधोगिक ग्राममा ५०० जनालाई रोजगारी श्रृजना गर्ने लक्ष्य राखिएको छ ।
पोषणमा गाउँपालिकाको २४० जना सुनौला १००० दिनको आमा र ५०४ जना वालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न पोषणमैत्री गाउँपालिका कार्यक्रम लागु भएको छ ।
कृर्षीमा यूवा किसान प्रोत्साहन कार्यक्रम संचालन १०० फलफुलका विरुवा रोप्ने र फलाउने किसानलाई मासिक १००० नगद प्रोत्साहन भत्ता १७०००० ओखर र १५००० टिमुर, कागती ९० वटा कच्ची र ४५६ वटा पक्की फलामे पोलीहाउस निर्माण भएका छन । २ वटा नर्सरी स्थापना र सहयोग, ४ वटा साना सिंचाई पोखरी निर्माण भएका छन् । किसान सुचिकरण कार्यक्रम सुचारु गरिएको छ ।
पशुपन्छी विकासतर्फ यूवा किसान प्रोत्साहन कार्यक्रम अन्र्तगत व्यसायीक ४० बाख्रा तथा भेडा, ५ वटा भैसी पाल्ने किसानलाई मासिक २००० कादरले पहीलो बर्ष ३५ जनालाई र दोश्रो बर्ष मासिक १००० दरले ४१ जनालाई गोठालो भत्ता ४३ उन्नत जातका बोयर बाख्रा र बोका वितरण अन्य उन्नत जाताका ७७६ बाख्रा तथा बोका वितरण, ३ वटा उन्नत जातका राँगा, २० वटा दुहुना भैसी , ४००० कुखुराका चल्ला २३ वटा बाख्रा खोर निमाण गरी किसानलाई आत्म निभर हुन प्रेरित गरिएको छ ।
तिला नदी हाउँडीगाड, बालिगाड, भर्तागाड खोलामा ७ वटा झोलुगें पुल निर्माण भएका छन ।

सडक सञ्जालको विकासका नाममा डोजर आतंक चल्यो अनि बाढी, पहिरो बढी निम्तियो भन्ने जन गुनासो बढी आउने गरेको छ । यो बिषयमा तपाई के भन्नुहुन्छ ?
शुभकालिका गाउँपालिका सुर्खेत जुम्ला सडक खण्डसँग जोडिएको र दैलेख किलोहान्ना भर्ता हुदै सुकाटीया सडक २०५८ साल देखी सुरुवात भएता पनी गाउँपालिकाका ८ वटै वडामा भारी बोकेर सेरी घाटदेखी हाउडी, कालिका मुग्राहा सम्म पैदल हिड्नु पर्ने बाध्यता थियो । सुर्खेतदेखि सेरीघाट सम्मको ढुवानी भाडा प्रतिकेजी ३ रुपैयामा आउथ्यो भने तेही सामान वडानं ६ हाउडी पुग्दा प्रतिकेजी २२ रुपैया ढुवानी भाडा पथ्र्यो । अहिले गाडी चले पछी हाउडीमा प्रतिकेजी ६ रुपैयामा सामान पुग्छ । त्यसको प्रत्यक्ष लाभ पाउने भनेकै जनता हुन । त्यो प्रगति देखेर कुरा काट्ने काम नगर्ने पहिलेदेखि सर्बदलीय बैठकमा गएर भाग खोज्ने बानी परेकाहरु हुन । भिरालो कठा चटटान भएकाले डोजर नलगाई अरु विकल्पै छैन । सडक खन्ने क्रममा ४ वटा डोजर पल्टेर काम नलाग्ने भए भने अर्को विकल्प थिएन रोड खन्नलाई । गुनासो त काम नपाएका २÷४ जनाले गर्ने राजनितिक पुर्वाग्रही भाषा हो । यसमा मेरो भन्नु केही छैन । यो कुरा जनतालाई प्रत्यक्ष थाहा छ ।

तपाईको कार्यकालमा तपाईका आसेपासे र आफन्तहरुको हितमा मात्रै योजना बितरण गर्नुभयो भन्ने जनगुनासो रहेको छ ? कति सत्यता छ ?

त्यो जनागुनासो होईन, काम नपाएका २/४ जनाले गर्ने राजनितिक पुर्वाग्रही भाषा हो । सरासर गलत हो हाम्रो पालिकामा काम गराई कस्तो छ भन्नेकुरा त भर्खरै मलेपको प्रतिवेदन राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनीक स्थानीय सरकारको कार्यसम्पादन मुल्याकनबाट प्रस्ट हुन्छ । म गाउँपालिकामा आए देखी मैले सबै काम कार्यपालिकाको निणय बाट गर्ने गरेको छु । अझ भन्नेहो भने सबै अधिकार कार्यपालिको बार्ड, वडा सदस्य र उपाध्यक्षज्यूलाई बढी जिम्मेवार बनायको छु । ८ वटा वडा मा २ वटा वडा नेकपा माओबादीले जितेको थियो २ वडा नेपाली काँगे्रसले जितेको थियो मैले के गरे के गरिन कति लोकतान्त्रिक बने कति निरंकुश बने, कति आफनोलाई मात्र भरणपोषण गरे, त्यो ति ४ जना वडा अध्यक्षसँग सोधे प्रस्ट भईन्छ ।

के गर्ने योजना थियो जुन चाहेर पनि पुरा गर्न सकिएन, त्यस्तो केही छ ?
शुभकालिका गाउँपालिका वडा नं. ३ मा रहेको काईनाईट व्यवस्थापन गर्ने योजान थियो । जो पहिलो गाउँसभाबाट कार्यविधि बनाएर चोरी निकासी कार्य नियन्त्रण गरियो तर खानी ऐन अनुसार खानी उत्खनन व्यवस्थापन गर्ने अधिकार संबिधान त संघीय सरकारको भएकाले रोक्न (चौकीदारको काम) सकियो व्यवस्थापन गर्न र उपयोग गर्न सकिएन ।
गाउँपालिकाको सबै वडामा सडक संजाल पुयाउने योजना थियो । राजनीतिक पुर्वाग्रही अवरोध, कडा भोगोलिक चट्टान र ठेकेदारको लापरवाहीका कारण गाउँपालिकाको सबै वडामा सडक संजाल पुयाउन सकियन ।
भर्तागाड साना जलविुत आयोजना पहील्यै २०५७ सालमा सर्भे डिजाइन इस्टीमेट सबै भएको ठाउँ (साइट) छनौट गलत छानेकाले जतिकाम गरयो पहीरो गैरहने भएकाले बत्ती बालन सकियन ।

तपाईलाई कार्यकाल अबधिमा अन्य दल र सरोकारवालाहरु बाट कत्तिको सहयोग मिल्यो ?
मेरो कार्यकालमा अन्य दलका केही सकरात्मक सोच भएका साथीहरुले राम्रै सहयोग गर्नु भयो । सरोकार वालाबाट भरपुर सहयोग समन्वय सहकार्य भएको छ अझै सकरात्मक र रचनात्मक सहयोगको अपेक्षा गरेको छु । केही २/४ जना राजनितिक प्रतिशोध बोकेका अरुले गरेको राम्रो नदेख्ने स्वभाव भएका साथीहरु खुटटा तान्न खोज्ने , अवरोध श्रृजना गर्न लामो समय खर्चिनु भयो ।

आगामी योजना के छ ? तपाई पुन यही पदका लागि इच्छुक हुनुहुन्छ या अन्य यात्रा रोज्नुहुन्छ ?
मेरा धेरै योजना अझै अधुरा भएकाले पूनः एक कार्यकाल यही पदमा दोहोरीने सोच गरेको छुँ । त्यो कुरा मेरो भन्दा पनी पार्टी कमिटी र अग्रज नेता कार्यकर्ताको निर्णय आधिकारिक हुन्छ म त्यसैमा विश्वास गर्छु ।

समस्या र चुनौती के छन् ?
१) संघीय सरकारबाट कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण कार्य सम्पादन गर्न कठिनाई ।
२) संघ र प्रदेशका कानुन नबन्दा स्थानयी कानुन बनाउन कठीनाई ।
३)भौतिक पुर्वाधार नभएका कारण एउटै कोठामा बसेर धेरै जनाले काम गर्नु पर्ने बाध्यता ।
४) राजनितिक पुर्वाग्रहका कारण हरेक काममा अवरोध ।
५) समयमा आउनु पर्ने बजेट नआउदा काम सम्पन्न भएर पनि भुक्तानी गर्न कठीनाई ।
६) टेन्डर भएको योजनाको ठेकेदारले समयमा काम गर्न नसक्दा बजेट फ्रिज जाने र गाउँपालिकाले बेहोर्नुपर्ने बाध्यता ।
७) भौगोलिक बिकटताका कारण समयमा कार्य सम्पन्न गर्न नसक्नु ।
८) बिच बिचमा आईपर्ने महामारी (कोरोना, बाढी पहिरो, खडेरी)का कारण काममा र गुणस्तरमा कमी आउनु ।
९) राम्रो नेटवर्क,नेट इन्टरनेटको व्यवस्था नहुँदा काममा ढिलाई ।