५ जेष्ठ २०८१, शनिबार

विकासका बारेमा छलफल


कालीकोटः दैलेखको आठबीस नगरपालिकामा विकासका बारेमा छलफल गरिएको छ । आठबीस नगरपालिकाको समग्र विकासका बारेमा मुख्यमन्त्री कार्यालयका कानुन सचिव शंकर केसीसंग छलफल गरिएको हो ।
सम्भावनाको क्षेत्र भनेर चिनिएको आठबीस नगरपालिकामा विकासका सम्भावना हुदाहुर्र्दै पनि गति लिन सकेको छैन । शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद र पर्यटन प्रवद्धनमा पहिचान बनाउन सफल नगरपालिमा दिगो विकासका लागि छलफल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए ।
उनका अनुसार, आन्तरिक पर्यटकन प्रवद्धन, बेरुजु न्यूनिकरण, सैनखोलाको अधुरो पुल, राकमा राष्ट्रिय प्रशारण लाई विस्तार, शहरी विकास लगायतका विषयमा छलफल भएको छ ।