१८ बैशाख २०८१, मंगलवार

गुनासा नसुनेर प्रमुख गएपछि नागरिक आक्रोशित


कालीकोटः खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले नागरिकका गुनासा नसुनेर कार्यक्रमबाट गएपछि नागरिक आक्रोशित भएको छन् ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा गरिएको टेलिभिजन सम्वादमा आफ्नो भनाई राखेर नगरप्रमुख बाहिरीएपछि उपस्थित नागरिक आक्रोशित भएका हुन् । इन्सेक कर्णाली प्रदेशको आयोजनामा खाडाचक्र नगरपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा गरेका प्रयास नागरिकले भोग्नु परेका समस्या लगायतका विषयमा सम्वादको आयोजना गरेको थियो ।

नेपाल टेलिभिजन कोहोलपुर प्रशारण केन्द्रको सहकार्यमा तयार पारिएको सम्वादमा नागरिकका प्रश्न नसुनेर प्रमुख कार्यक्रमबाट बाहिरीएका थिए ।
नेकपा एमालेका पाटी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कालीकोट आउने भएपछि नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष समेत रहेका पाण्डे नागरिकका कुरा नसुनेर गएपछि नागरिक आक्रोशित भएका हुन् ।