६ जेष्ठ २०८१, आईतवार

गठबन्धनमा दुविधा अझै मिलेन भागबण्डा


कालीकोटः आगामी बैशाख ३० गते हुने स्थानी तह निर्वाचनका लागि कालीकोटमा सत्ता गठबन्धनका दलहरुविच अझै सहमति हुन सकेको छैन ।
स्थानीय तहको निर्वाचनका लागि तोकेको समय आउन २५ दिन बाकी रहदा पनि कालीकोटमा भने गठबन्धन हुने नहुने दुविधा पैदा भएको छ । गठबन्धनको संयोजनको जिम्मेवारी लिइरहेको नेपाली काँग्रेस सहमतिका लागि नजिक भएको भए पनि अन्य दलले काँग्रेसको प्रस्तावलाई स्विकार्न नसक्दा जिल्लामा गठबन्धन हुने या नहुने भन्ने कुरामा शंका उत्पन्न भएको छ । काँग्रेसभित्रै पनि केही नेताले सहमतिमा जानुपर्छ भनिरहेका बेला केही नेताले जनताको भावना अनुरुप जानुपर्छ भनिरहेका छन् ।
गठबन्धनका कारण दलहरुभित्र आन्तरिक द्धन्द्ध हुने संकेत पनि बढ्र्दै गइरहेको छ । विभिन्न राजनीतिक दलहरुमा कसैले गठबन्धनमा जाने त कसैले एक्ला एक्लै चुनावमा जाने हल्ला फैलिरहेको छ ।
संबिधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ आजको आबश्यकता सत्ता गठबन्धन भएकाले काँग्रेस गठबन्धनमा सकारात्मक भएको नेपाली काँग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमनबहादुर शाहीले बताए । उनले केन्द्रीय नीति अनुरुप कांग्रेस पार्टीको संगठन र सम्मानजनक उपस्थित हुने गरि गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा अघि बड्ने बताए ।
कर्णाली प्रदेशका अधिकाँश जिल्लाहरुमा निरन्तर गठबन्धनको बैठक बसीरहेकाले कालीकोटमा पनि बैठक दिनप्रतिदिन बस्र्दै आएको छ । तर जिल्लामा बसेको गठबन्धनको बैठक प्रत्येक दिन विना निष्कर्ष टुङगिने गरेको छ ।