६ जेष्ठ २०८१, आईतवार

बिकास दिन जनताको घर जान्छुः– शाह


कालीकोटः नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं महिला नेतृ तारा कुमारी शाहले विकास दिन जनताको घरघरमा जाने बताएकी छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खाडाचक्र नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुखमा सिफारिस भएपछि शाहले यस्तो बताएकी हुन् । उनले भनिन् ‘खडाचक्रबाट सिफारिस भएकी छु, टिकट निश्चित छ, जनताले मत दिएर निर्वाचनमा विजयी गराए भने विकास दिन जनताको घरदैलोमा पुग्ने छु ।’ ५ वर्षको अवधिमा खाडाचक्रलाई नमुना नगरका रुपमा घोषणा गर्ने गरि काम गर्ने छु, शाहले भनिन्, ‘कम्युनिष्ट सरकारबाट जनता आजित भएकाले अहिले खाडाचक्रमा काँग्रेस विजयी हुनेछ ।’
शाहले आफु नगरपालिकाको बलियो उम्मेदवार भएकाले नगरमा विजयी भए उपभोक्ताको चेक गाउमै, भ्रष्टाचार न्युनिकरण, नागरिकले भुक्तानि लिन कार्यकारी र लेखापालको कोठा धाउनु नपर्ने, वडा वडामा सडकको स्तरउन्नति, उपभोक्ताले पाउने दुख पाएकाले उपभोक्ताको समस्या समाधान, विकासका लागि बडाका समस्यालाई पहिलो प्राथमिकता दिने, नगरपालिकालाई हरित नगरपालिका बनाउने, दलित बस्तीमा खरले छाएका घरलाई खर छाना मुक्त गराउने, सदरमुकामले भोग्दै आएको खानेपानीको समस्याको समाधान, वडा वडामा महिला स्वरोजगारको नीति अबलम्बन गर्ने, घर घरमा गएर सामाजिक सुरक्षा भत्ता दिने लगायतका प्रतिवद्धता सहित आफु निर्वाचनमा उपयुक्त उम्मेदवार भएको बताएकी छन् ।