६ जेष्ठ २०८१, आईतवार

एमालेको लालकिल्ला बनाउने योजना सहित जिल्ला आएः– सिंह


कालीकोटः कर्णाली प्रदेश एमालेको लालकिल्ला बनाउन जिल्ला आएको नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रेमबहादुर सिंहले बताएका छन् ।
उनले विगतमा कर्णाली अञ्चल एमालेको लालकिल्ला बनाएको भन्दै अहिले प्रदेशलाई लालकिल्ला बनाउने योजना सहित आफु कालीकोट आएको बताएका हुन् । प्रेस चौतारी नेपाल कालीकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री सिंहले एमाले प्रर्मादेशका कारण सत्ताबाट बाहिरिनु परेको बताए ।
संसद विघटन गरि जनताको विचमा जाने कुरा एमालेले ल्याएपछि अन्य दलले प्रतिगमनको संज्ञा दिएको सिंहको भनाई थियो । उनले भने २०७४ सालमा इतिहासमै पहिलो पटक कम्यूनिष्ट पाटीले एकल सरकार चलाउने जनमत प्राप्त भएपनि जनमतको संरक्षण गर्न नसकेको बताए । कम्यूनिष्ट नामधारीका केही शक्तिहरुले दुई तिहाईको सरकार संचालनका लागि काँग्रेसलाई गुहारेको उनको आरोप थियो ।
उनले भने, ‘सूर्य चिन्हको दुरुपयोग गरेर केही हाम्रा साथिहरु शेरबहादुर देउवाको सरणमा परे ।’ अहिले उनैले सत्ता गठबन्धन भन्दै जनतामा भ्रम सिर्जना गरेका छन् । यो गठबन्धन सफल हुर्दै सिंहले भने, ‘स्वच्छ छवि एमालेमा छ ईतिहासमा एमालेले राष्ट्रियता, जनताको जनजिविकाको पक्षमा महत्वपूर्ण काम गरेको छ । एमालेले गरेका कामको रक्षाका कारण जनताको घरदैलोमा हामी जान्र्छौ जनतासंग न्याय माग्र्छौ ।’
एमाले पाटी परित्याग गरि पुन एमालेमा फर्किनुको कारण के हो भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले केही व्यक्तिका कारण आफुले एमाले पाटी परित्याग गरेको बताए । उनले एमालेले बोकेको नीति सिद्दान्तमा मेरो असहमति थिएन केही पात्रका कारण बाहिरीएको हुँ । अहिले एमाले हाक्ने पात्र राष्ट्रवादी भएपछि पुन पाटीमा फकिएको छ ।
सिंहले आफु विगतमा कालीकोट आउदा एमाले कम्जोर हुने भएकाले कालीकोट नआएको पनि बताए । आफु एमालेबाटै बाहिर गएकाले कालीकोट आउदा एमालेको संगठन कमजोर हुने भएकाले आफु कालीकोट नआएको बताए । अन्यपाटीबाट रुष्ट भएर स्वतन्त्र बसेका कार्यकतालाई लिएर १८ वर्षसम्म जनता समाजवादी दर्ता गरेर चलाए । सिंहले भने, ‘ १८ बर्षको भारि बिसाउने पाटि एमाले भएकाले अहिले १८ वर्षसम्म बोकेको भारी सहित एमालेमा प्रवेश गरे ।’