२१ बैशाख २०८१, शुक्रबार

तिलागुफाका प्रत्येक बस्तिमा राष्ट्रिय प्रशारण लाईन पुर्‍याउने निर्णय


कालीकाेट: जिल्लाकाे तिलागुफा नगरपालिकाले जेष्ठ नागरिक गर्भवती र प्रसूतिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाे छ ।

नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्याय र उपप्रमुख महेन्द्र बहादुर शाहिले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् । साथै नगरपालिका भित्रका नागरिकलाई स्वास्थ्य बिमाकाे लागि नगरपालिकाले ५० प्रतिशत ब्यहाेर्ने, नगरपालिका भित्रका नागरिककाे नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने, ब्यवसाय र उत्पादनका आधारमा अनुदानकाे दिने, सबै वडामा २ वर्ष भित्र राष्ट्रिय प्रशारण लाईन जाेड्ने नागरिकलाई संचारकाे सुविधा दिने, उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिकाे ब्यवस्था गर्ने निर्णय गरेका छन् ।
दिउसाे सपथ ग्रहण पछि आजै प्रमुख र उपप्रमुखले पदभार समाल्दै उक्त निर्णय गरेका हुन् ।