२३ बैशाख २०८१, आईतवार

ब्यबसायी तरकारी खेतिकाे अनुगमन


कालीकोट: जिल्लाकाे खाडाचक्र नगरपालिका–५ का स्थानीय नागरिक तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । घरमा खानका लागि मात्र तरकारी फलाउर्दै आएका किसानले नगरपालिका र विभिन्न संघसंस्थाको सहयोगमा व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् ।
उनीहरुले लगाएको तरकारी अहिले कालीकोटको स्थानीय बजारका साथै जुम्लासम्म नियात हुन थालेको खाडाचक्र नगरपालिकाका कृषि शाखा प्रमुख प्रशुराम काफ्लले बताए । उनले स्थानीयले उत्पादन गरेका तरकारीले राम्रो बजार पाएको समेत बताए । खाडाचक्र नगरपालिका–५ का किसानले उत्पादन गरेको व्यवसायी तरकारी खेतिको खाडाचक्र नगरपालिकाका नवनिर्वाचित पदाधिकारीले अनुगमन समेत गरेका छन् ।
खाडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले तरकारी खेतिको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा नगरप्रमुख शाहीले खाडाचक्रलाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि किसानलाई प्रोत्साहन गर्ने बताए । उनले नगरपालिकालाई कृषिका क्षेत्रमा आईपर्ने समस्या नगरपालिकाले समाधान गर्ने बताए । उनले भने, ‘तपाईहरुले उत्पादन गरेका तरकारीमा केही समस्या भयो बजार पाउनु भएन भने नगरपालिकालाई खवर गर्नुहोला हामीले तपाईले उत्पादन गरेको तरकारीको बजारीकरण गर्छौ ।’
खाडाचक्र नगरपालिका अन्तरगर्त लागु भएको कृर्षि क्षेत्रविकास कार्यक्रमको सहयोग पाएपछि किसान तरकारी खेतितर्पm आकर्षित भएका हुन् । अहिले किसानका बारीमा काक्रा, भेडे खुर्सानी, हात्र्तिसुढे खुर्सानी, टमाटर र जुकिनी फसी फलिरहेका छन् ।