२१ बैशाख २०८१, शुक्रबार

नरहरिनाथमा रेडक्रसको अभिमुखिकरण


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
लक्जम्बर रेडक्रसको सहयोगमा नरहरिनाथ गाउँपालिकामा संचालन गर्दै आएको एकीकृत पुनर्लाभ तथा आफतकालिन प्रतिकाय कार्यक्रम परियोजना सिजन २ को अभिमुखिकरण गरेको हो । नरहरिनाथ गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिका विचमा अभिमुखिकरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटका सभापति बलप्रसाद संज्यालको अध्यक्षता तथा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टको प्रमुख आतिथ्यतामा अभिमुखिकरण भएको थियो । अभिमुखिकरणमा एकीकृत पुनर्लाभ तथा आफतकालिन प्रतिकाय कार्यक्रम परियोजनाका कार्यक्रम संयोजक रवि लामिछानेले नरहरिनाथ गाउँपालिकाको सहयोगमा एक वर्षमा करिव १ करोड २६ लाख भन्दा बढीको लगानीमा विभिन्न कलष्टरमा रहेर काम गर्ने बताए ।
खानेपानी, सरसफाई, आवास र जीविकोपार्जनका क्षेत्रमा गाउँपालिकाको सहयोगमा काम गर्ने बताए । उनले यसभन्दा पहिले पनि रेडक्रसले नरहरिनाथ गाउँपालिकामा काम गर्दै आइरहेकाले एक वर्षसम्म गाउँपालिकाको विकासमा रेडक्रसले पनि हातेमालो गर्ने बताए ।
अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले पालिकाको विकासका लागि आउने संघसंस्थासंग सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले, हामी पनि विकासमा हातेमालो गर्छौ भनि आउने संस्थालाई फराकिलो मन बनाएर स्वागत गर्ने बताए ।