१७ बैशाख २०८१, सोमबार

सात वटा कुकुरले टोक्दा जना गम्भीर घाइते


सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका–५ की सप्पा रावतलाई सात वटा कुकुरले टोक्दा गम्भीर घाइते भएकी छन् । मंगलबार बिहान सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीवनबाट आएको सात वटा कुकुरले टोकेका थिए ।
आफ्नो जग्गामा गोडमेल गर्दै गरेकी रावतलाई टोकेर घाइते बनाएको उनका आफन्त बिष्णु रावतले बताए । ‘गोडमेल गर्दै गरेको जग्गामा छाडा कुकुरले टोकेर घाइते भएर लडेकी थिइन् ।’ उनले भने,‘खेल मैदानमा प्रशिक्षणमा रहेका खेलाडीले देखेपछि उहाँको उद्धार गरिएको थियो ।’
घाइतेको अबस्था गम्भीर रहेको र उनलाई जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।