३१ बैशाख २०८१, सोमबार

१७ दिन दिनदेखि हराएको बालक अझैँ भेटिएनन्


सुर्खेत । कालिकोट नरहरिनाथ–८ लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्यायनरत १४ वर्षीया विनोद बिक १७ दिनदेखि हराएका बालक अझैँ भेटिएका छैनन् । जेठ २२ गते बेलुका कोठाबाट निस्किएका उनी अझैँ भेटिका छैनन् ।
हराएका विनोद छवि आधारभूत विद्यालयमा कक्षा ८ मा अध्यायनरत रहेका थिए ।

कालिकोटदेखि केही समय अगाडी एक भाई एक बहिनीसँगै स्कुल पढाउनका लागि आमाबुवाले वीरेन्द्रनगर–४ मुलपानीमा डेरा गरि राखेर आफुहरु कामको खोजीमा भारत गएको विनोदकी आमा अमसरा बिकले बताइन् । ‘हामीले प्रहरी कार्र्यालयमा खबर गरेको भए पनि अझैँ पत्ता लाग्न नसकेको छैन् ।’ उनले भनिन्,‘हामीले धेरै ठाउँमा खोज्यौैै ।’

नेपालमा छोरा हराएको खबर पाएपछि आफु भारतबाट नेपाल आएको आमा अमसराले बताइन् । ‘छोराछोरीलाई पढ्न भनेर सुर्खेतमा राखेको, उनी किन र कसरी हराए भन्ने आफुलाई जानकारी छैन् ।’ उनले भनिन्,‘उ निकै सोझो इमान्दार रहेको थियो ।’

कोही कसैले भेटाएमा नजिकको प्रहरी कार्यालय वा आमाको ९८६६२१४९२२ वा ९८६८८७८८७० सम्पर्क गर्न सकिनेछ ।