१७ बैशाख २०८१, सोमबार

जुम्लामा स्थानीय आपतकालिन सहायता केन्द्र स्थापना


सुर्खेत । जुम्लाका बिभिन्न स्थानीय तहहरुमा स्थानीय आपतकालिन सहायता केन्द्र स्थापना भएका छन् । साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाले जिल्लाका हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकामा स्थानीय आपतकालिन सहायता केन्द्र स्थापना गरेको हो ।

सहायता केन्द्रमा आपतकालिन उद्धारका सामाग्रीहरुसहितको सूचना केन्द्र रहने छ ।

बिपद ब्यबस्थापन, सफा पानी, स्वच्छता र सरसफाई सम्बन्धि सुर्खेतमा आयोजित चार दिने तालिम समापनका अबसरमा पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले सहायता केन्द्रको स्थापना गरिने जानकारी दिए । पेस नेपाल जुम्ला र स्याक बाँके, बर्दियामा क्रियाशिल सामाजिक अभियान्ताहरुको सहभागिता रहेको छ ।

प्लान इन्टरनेशनलको आर्थिक सहयोग, प्राबिधिक ब्यबस्थापन र आयोजनामा सञ्चालित चार दिने तालिममा सहजकर्ता प्रेमनीधि केसी र मुक्ति पोख्रेलले परियोजनाले सञ्चालन गरेका राम्रा कामहरुको सिको गर्दै आगामी दिनमा नागरिकको हितमा साझा अभियान सञ्चालनमा जोड दिन आग्रह गरे ।