७ बैशाख २०८१, शुक्रबार

‘न फेरियो जीवन, न पाइयो उपचार’


कालीकोट । जिल्लाको पलाँता गाउँपालिकाकी सैलजा सार्की यति बेला अपाङ्ग शरीरको सहारामा बाचिरहेकी छन् । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–२ मा स्थायी रुपमा बसोबास गर्दै आएकी सार्की कालीकोटको पिली आक्रमणमा परेर घाईते भएकी हुन् ।
कम्मरभन्दा तलको भाग नचल्ने भएपछि अहिले हातको साहाराले सार्की बाहिर भित्र गर्दै आफ्नो दैनिकी गुजारी रहेकी छन् । १० वर्षे जनयुद्धले कमाण्डरको भविष्य बनेपनि आफुहरुले उपचार समेत नपाएको गुनासो सार्कीको छ । ‘देश परिवर्तनका लागि भन्दै युद्धमा होमिर्यौ अहिले कोही अंगभंग हुदा पनि पाटीले नर्हेर्दा १० वर्षसम्म त्यतिकै दुख गरिएको जस्तो हुन्छ,’ सार्कीले भनिन् ।


बृहत्त शान्ति सम्झौता भएको १६ वर्ष पुग्न लाग्दा पनि घाईतेहरुले उपचारसम्म पाउन सकेको छैनन् । पहुँच र हुने खानेले समयमै उपचार पाउन सकेपनि गरिव, दुःखी पूर्व जनमुक्ति सेनाहरु अहिले पनि विभिन्न ठाउँमा गएर सहयोग माग्दै उपचार गर्दै आइरहेका छन् । ‘सिहदरवार आयो भन्छन् खै कसका लागि आयो हाम्रा लागि त आयाको नाई’ उनले भनिन् ‘बस्नका लागि घर छैन, झुपडीमा जिन्दगी गुजारी रहेकी छु, छाना फेर्न सकिएको छैन कसरी उपचार गर्नु मागेर खानु परेको छ ।’
भूमिगत हुँदा १७ वर्षमात्र भएकी सैलजा अर्घाखाँची, म्याग्दीको बेनी, जुम्ला खलंगा, रुकुमको खारा र द्वन्द्वको अन्तिममा कालिकोटको पिली आक्रमणमा उनी सहभागी भएकी थिइनन् । आर्थिक रुपमा कमजोर सैलजालाई सहयोग माग्न पनि ऋण खोज्नु पर्ने अवस्था छ । उनले भनिन् ‘म सामान्य खेती किसान गर्ने मान्छे हुँ । जनयुद्ध लड्दा गरिबका दिन फेरिन्छन् भन्थे तर हाम्रो अवस्था उस्तै छ ।’
उनी मात्र होइनन् पलाता गाउँपालिकाकै संरामे सार्की पनि अहिले काठमाण्र्डौका विभिन्न ठाउँमा सहयोग माग्दै उपचार गराई रहेका छन् । पलाता गाउँपलिका–३ का संरामेकी श्रीमति पनि जनयुद्धका घाईते हुन् । द्धन्द्धकालमा लागेका गोलीले अहिले उनका दुर्वै खुट्टाको क्यान्सर भएर उपचार गराई रहेका छन् । आर्थिक अवस्था कमजोर भएकाले आफुसंग भएको सम्पति बेचेर जेनतेन उपचार गराएपनि थप उपचार गराउन संराम्रेसँग पैसा छैन् । अहिले संरामेलाई १० लाख ऋण लागेको उनको भनाई छ ।


‘हामीले सत्तामा पु¥यार्यौ अहिलेसम्म पनि हामीलाई कसैले हेरेनन् ।’ उनले भने, ‘देश परिवर्तन हुन्छ, सवै नागरिकले शान्ति पाउछन्, विरामीले समयमै निशुल्क उपचार पाउछन् सोचेको भएन ।’
आफ्ना कमाण्डर अहिले कोही मन्त्री र सांसद भएको अहिले आफु जस्ता घाइतेले दुःखदायी जीवन जिउनु परेको संरामेले बताए । ‘बेकारमा युद्ध लडिएछ ।’ उनले भने,‘अहिले घाईते लडाकुको पछुताउनु बाहेक केही छैन ।