२२ बैशाख २०८१, शनिबार

पञ्चदेव माविमा भेन्डिङ्ग मेसिन जडान


कालीकोटः जिल्लाको पञ्चदेव माध्यमिक विद्यालयमा स्माट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको छ ।
रेड इन्टरनेशनलले उत्पादन गरेको स्माट सेनेटरी प्याड भेन्डिङ्ग मेसिले विद्यालयमा जडान गरिएको छ । महिनावारी भएका छात्राले विद्यालयबाट सजिलै प्याड लिनका लागि मेसिनको प्रयोग गरिएको हो ।
भेन्डिङ्ग मेसिनको उद्घाटन गर्दै खाडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले महिनावारी भएपछि कतिपय छात्रा विद्यालयमा नआउने भएकाले छात्रालाई विद्यालयमा नियमित बनाउनका लागि स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको बताए । सानो व्याकअपमा पनि सजिलै कार्ड प्रयोग गरेर प्याड निकाल्न सकिने र छात्रालाई मागि रहनु नपर्ने आफुलाई चाहिएको बेला सहजै प्राप्त गर्न सक्ने भएकाले मेसिन जडान गरिएको उपप्रमुख शाहीले जनाए ।
उनले अहिले प्रविधिको युग भएकाले खाडाचक्र नगरपालिकाले पनि प्रविधिको प्रयोग गर्दै आइरहेको उप्रमुख शाहीले बताए । पञ्चदेव माविमा मात्र नभएर नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन प्रयोगमा ल्याउने प्रतिवद्धता गरे । कार्यक्रममा विशेष अतिथि कटकबहादुर महतले महिनावारी हुँदा छात्राले विचमै कक्षा छोड्नुपर्ने समस्याको समाधान हुने बताए । सामान्य तया ११ वर्षको उमेरदेखि महिनारी समय सुरु हुने भएकाले कतिपय छात्रा लाजले विद्यालय नआउने हुँदा अव छात्रालाई नियमित विद्यालय आउनमा टेवा पुग्ने बताए ।


उनले यो प्रविधिलाई दिर्घकालीन रुपमा संचालन गर्नका लागि स्वास्थ्य सेवा कार्यालयले पनि सहयोग गर्ने बताए । कार्यक्रममा खाडाचक्र नगरपालिकाका शिक्षा शाखा प्रा.स बलिराज शाही, अनमी सेतु शाहीले छात्राको समस्या समाधानका लागि नगरपालिकाले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । उनीहरुले मेसिन जडान गरेर मात्र हुर्दैन यसको दिर्घकालीन व्यवस्थापनका लागि सवै लाग्ने पर्ने भनाई राखेका थिए । कार्यक्रम पञ्चदेव माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रप्रकाश कोइरालाको अध्यक्षतामा भएको थियो ।