२२ बैशाख २०८१, शनिबार

विरामीलाई फलफुल वितरण


 

कालीकोटः संविधान दिवसको अवसरमा कालिकोटको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले विरामीलाई फलफुल वितरण गर्नुभएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटमा रहेका विरामीलाई अध्यक्ष सिंहले फलफुल वितरण गर्नुभएको हो । आर्ठौ संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ को अवसर पारेर अध्यक्ष सिंहले देशमा संविधान लागु भएको यस शुभ दिनले नेपालीविच निरन्तर एकता, आपसी सहयोग तथा सद्भावको भावनालाई थप उजागर गर्ने प्रेरणा तथा हौसला मिलोस भन्दै स्वास्थ्य सेवा कार्यालयमा पुगेर फलफुल वितरण गर्नुभएको छ ।


फलफुल वितरणमा प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा, जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोगन मल्ल, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रत्नविर सुनार, महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।