२२ बैशाख २०८१, शनिबार

संविधान दिवसमा खाद्यन्न वितरण


कालीकोट:  जिल्लाको खाडाचक्र नगरपालिका–१ मा बसोबास गर्ने बादी समुदायलाई खाद्यन्न वितरण गरिएको छ ।
पलाता गाउँपालिका कालीकोटका पूर्व गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम (पलाति कान्छा) ले संविधान दिवसको अवसरमा बादी समुदायलाई खाद्यन्न वितरण गरेका हुन् । अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुले तामझामका साथ संविधान दिवस मनाई रहेका बेला बमले बादी समुदायलाई चामल, तेल लगायतका खाद्यन्न सामाग्री वितरण गरि संविधान दिवस मनाएका छन् ।
बमले गरेको सहयोग अतुलनीय रहेको चिन बादीले बताए । उनले खानाको जोहो गर्न समस्या भएकै बेला यत्तिको सहयोग पाउनु धेरै राम्रो भएको बताए । उनले बादीसमुदायलाई खाद्यन्न भन्दा पनि आवासका लागि पहल गरिदिन आग्रह गरे । अहिले पनि बस्ने राम्रो वास छैन । खाद्यन्न त जसो तसो जोहो गरौला हामीलाई बस्नका लागि घर बनाउन पहल गरिदिन बादी समुदायले बमसंग आग्रह गरेका थिए ।