२२ बैशाख २०८१, शनिबार

छात्रालाई नियमित बनाउन मेसिन जडान गरिएकाे शाहीकाे भनाई


 

कालीकाेट: जिल्लाकाे शुभकालिका गाँउपालिकाको दहाल आधारभुत विद्यालयमा समाज परिवर्तनका लागी हाम्रो अभियान भन्ने मुल नाराका साथ स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको छ । रेड इन्टरनेशनलले उत्पादन गरेको स्माट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपाध्यक्ष छात्रा शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयमा जडान गरिएको हो । महिनावारी भएको समयमा छात्राले विद्यालयबाट सजिलै प्याड लिनका लागि मेसिनको जडान गरिएको छ ।
भेन्डिङ्ग मेसिनको जडान पश्चात बिद्यालयमा महिनावारीको समयमा आउन सजिलो हुने दहाल आधारभुत बिद्यालयकी छात्रा यमुना बोहोराले बताईन् । उनले महिनावारीको समय मा आफुहरु प्याड माग्न लाज लाग्ने र रगत देखिने डरले बिद्यालय आउन संकोच मान्ने भएपनि अबदेखि यस्तो समस्या नहुने बताईन्।
भेन्डिङ्ग मेसिनको उद्घाटन गर्दै शुभकालिका गाउपालिका उपाध्यक्ष धर्मकला शाहीले महिनावारी भएपछि कतिपय छात्रा विद्यालयमा नआउने भएकाले छात्रालाई विद्यालयमा नियमित बनाउनका लागि स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको जनाईन् । सानो व्याकअपमा पनि सजिलै कार्ड प्रयोग गरेर प्याड निकाल्न सकिने र छात्रालाई मागि रहनु नपर्ने, आफुलाई चाहिएको बेला सहजै प्राप्त गर्न सक्ने भएकाले मेसिन जडान गरिएको उपाध्यक्ष शाहीले बताईन् ।
अहिले प्रविधिको युग भएकाले शुभकालिका गाउपालिको पनि प्रविधिको प्रयोग गर्दै आइरहेको बताईन् । साथै उनले दहाल आधारभुत बिद्यालयमा मात्र नभएर गाउपालिका पालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन प्रयोगमा ल्याउने उहाले प्रतिबद्धता गरिन् ।
कार्यक्रममा बोल्दै महिला तथा बालबालिका शाखा प्रमुख अमृता अधिकारीले छात्राको समस्या समाधानका लागि गाउपालिकाले खेलेको भुमिका महत्वपूर्ण रहेको बताईन् । साथै उनले मेसिन जडान गरेर मात्र हुर्दैन यसको दिर्घकालीन व्यवस्थापनका लागि सवै लाग्न पर्ने भनाई राखिन् ।
शुभकालिका गाउपालिकाका अध्यक्ष गोबिन्द प्रसाद आचार्यले महिनावारी हुँदा छात्राले विचमै कक्षा छोड्नुपर्ने समस्याको समाधान हुने बताए । सामान्यतया ११ वर्षको उमेरदेखि महिनारी समय सुरु हुने भएकाले कतिपय छात्रा लाजले विद्यालय नआउने हुँदा अव छात्रालाई नियमित विद्यालय आउनमा टेवा पुग्ने अध्यक्ष आचार्यले बताए । उनले यो प्रविधिलाई दिर्घकालीन रुपमा संचालन गर्नका लागि शुभकालिका गाउपालिकाले निरन्तर सहयोग गर्ने बताए ।
कार्यक्रममा शुभकालिका गाउपालिका वडा न४ अध्यक्ष प्रदिप चौलागाई , वडा नं ५ का अध्यक्ष मिम बहादुर शाही , वडा नं ७ का अध्यक्ष प्रेम बहादुर शाही , निमित्त प्रमुख प्रशासकिय अधिकृत केन्द्र बहादुर शाही शिक्षा शाखा प्रा.स ऐन बहादुर शाही, स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाही लगायत शिक्षक बिद्यार्थिको सहभागिता रहेको थियो ।