२२ बैशाख २०८१, शनिबार

गाउपालिकामा लाग्याे भाेटे ताल्चा


कालीकाेट: जिल्लाकाे सान्नित्रिवेणी गाउपालिकामा तालाबन्दी गरिएकाे छ ।
समयमै भुक्तानी नदिएकाे भन्दै व्यापारी र निर्माण ब्यवसायिले पालिकामा ताला लगाएका हुन् । हिमान्सु निर्माण सेवाका संचालक भरत शाहीकाे नेतृत्वमा ताला लगाईएकाे बताईएकाे छ ।
शाहीले आफुले काम गरेकाे पैसा समयमा भुक्तानी नभएकाले ताला लाउनु परेकाे बताए । दशैकाे मुखमा पनि गाउपालिकाले भुक्तानी नगरेपछि आफू बाध्य भएर ताला लगाउनु परेकाे उनकाे भनाई थियाे । सान्नित्रिवेणीमा नयाँ लेखा अधिकृतकाे एकल अहमताले कर्मचारीकाे तलव लगायत अन्यकाे रकम भुक्तानी राेकिएपछि ताला लगाउन बाध्य भएकाे शाहीले बताए ।