६ जेष्ठ २०८१, आईतवार

चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, केहीबेरअघि प्रधानमन्त्रीसहितको टोली हेलिकोप्टरमार्फत भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको हो ।

‘तत्कालै उद्धार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री नेपाली सेनाको १६ जना मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उड्नुभएको छ’, आचार्यले भने ।

जाजरकाेटकाे रामीडाँडा केन्द्र भएर मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ७१ पुगिसकेकाे छ । एक सय ५३ भन्दा धेरै घाइते भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडकाे भूकम्प गएको थियो ।