१९ बैशाख २०८१, बुधबार

एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार


सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा बिषेशज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० जना नागरिकले सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा पचालझरना गाउँपालिकाको समन्वय सञ्चालन भएको दुई दिने (सोमबार र मंगलबार) निःशुल्क शिविरबाट नौ सय ७० जना नागरिकले सेवा लिएका हुन् ।
छ सय ८५ जना महिला र दुई सय ८५ गरी गरि नौ सय ७० जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

आँखा उपचार सेवा लिनेमा महिला दुई सय छ जना, पुरुष एक सय १७ जना गरि तीन सय २३ जना, स्वास्थ परिक्षण तथा उपचा सेवा लिनेमा महिला तीन सय ४०, पुरुष एक सय ४४ गरि जम्मा चार सय ८४ जना रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख कटकबहादुर महतले बताए ।

त्यस्तै, दन्तरोग तथा मुख स्वास्थ्य सेवा लिनेमा महिला ६९ जना, पुरुष २३ गरि जम्मा ९२ जना, क्षयरोगको नमुना संकलन गरिनेमा महिला ५० जना, पुरुष २० गरि जम्मा ७० जना, स्त्री तथा प्रसुति रोग सेवा लिनेमा दुई ३३ जना रहेको प्रमुख महतले भनाई छ । ‘नौ जनामा रिङ्ग पेसरि राखेको, ३६ जनामा भिएलए टेष्ट, प्रयोगशाला सेवा लिनेमा महिला एक सय ३३, पुरुष ७७ गरि जम्मा दुई १० जना लिनुभएको छ ।’ उनले भने,‘भिडियो एक्स रे सेवा लिनेमा महिला दुई सय २१ जना, पुरुष ६७ गरि जम्मा दुई सय ८८ जनाले लिनुभएको छ ।

प्रमुख महतले १० जना पुरुष बध्याकरण गरिएको, एक जना महिलाको सामान्य शल्यक्रिया गरिएको, जेष्ठ नागरिकलाई वालक्किङ उपचार बिधि १४ जनामा गरिएको बताए । ‘निःशुल्क औसधि बितरण, मनोसामाजिक परामर्श सेवा, कुष्ठरोगको नमुना संकलन र ईसिजि दिइएको थियो ।’ उनले भने,‘कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल, जिल्ला आँखा उपचार केन्द्र कालीकोट टोलीले सेवा दिएका थिए ।’