१९ बैशाख २०८१, बुधबार

मध्यपहाडमा एमालेकाे २ हजार किलोमिटरको यात्रा सुरु, अध्यक्ष ओली गरे उद्घाटन


काठमाडौं । नेकपा एमालेको मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रा बैतडीको झुलाघाटबाट सुरु भएको छ ।
महाकाली किनार झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर पदयात्राको शुभारम्भ गरे । पदयात्रामा सहभागी हुन एमालेका केन्द्रीय पदाधिकारीसहितका नेता हिजै बैतडी पुगेका थिए ।
बैतडी सदरमुकाममा बास बसेका ओली बिहानै पार्टीको महाकाली मेची पदयात्राको उद्घाटनका लागि झुलाघाट पुगेका थिए । कार्यक्रममा एमालेका स्थानीय नेता कार्यकर्ताको भीड छ ।
‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो कार्यक्रम पूर्वको चिवाभञ्ज्याङसम्म १ हजार ८ सय ७९ किलोमिटरको हुने एमालेले जनाएको छ ।
पदयात्राका क्रममा बैतडीको गोठालापानीमा आज आमसभाको आयोजना गरिएको छ ।
पदयात्राको टोली आज डडेल्धुराको अमरगढीमा बास बस्नेछ । त्यसपछि मंसिर १५ मा डोटीको सिलगढी र मंसिर १६ मा अछामको मंगलसेनमा बास बस्ने तालिका छ ।