१९ बैशाख २०८१, बुधबार

सामाजिक कार्यका लागि सांगीतिक साँझ–२०८० हुदैँ


सुर्खेत । सुर्खेतमा आज साँझ ४ बजेबाट सामाजिक कार्यका लागि सांगीतिक साँझ हुने भएको छ । सामाजिक सेवामा सक्रिय कर्णालीका युवाहरुले सांगीतिक साँझ गर्न लागेका हुन् ।

भूकम्प प्रभावित जिल्लाहरुका बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सम्बन्धी क्रियाकलाप सञ्चालन सांगीतिक साँझ गर्न लागिएको श्री ज्योती फाउण्डेसनका अध्यक्ष ज्योती कटुवालले जानकारी दिइन् । ‘कर्णाली प्रदेशमा महिला तथा बालिकाहरू लैंगिक हिंसा, यौन दुव्र्यवहार, घरेलु हिंसा, मानव बेचबिखन, छाउपडी र बालविवाहजस्ता समस्याबाट ग्रसित समाज मुक्तिका लागि संस्थाको स्थापना भएको हो ।’ उनले भनिन्,‘ त्यसको निराकरणका गर्न पीडकलाई कानुन बमोजिम कारबाहीका लागि पहल गर्ने लगायतका उद्देश्य राखी यो संस्थाले सामाजिक काम गर्नेछ ।’

संस्थाले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा शैक्षिक सुधार तथा नारी सशक्तिकरण लागि कार्य योजना बनाई पहिलो चरणमा मंसिर १५ गते सांगीतिक साँझ बेलुका ४ बजेदेखि वीरेन्द्रनगरस्थित सभाहलमा सांगीतिक साँझ हुने अध्यक्ष कटुवालले जानकारी दिइन् । ‘सांगीतिक साँझमा राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ । कलाकारहरुतिलक सिंह पेला(के लत बस्यो मलाई…), राजसिग्देल (उ जितेर गई या हारेर गई…), शिशिर योगी (कर्णालीपारि छैन खेतबारी…)का साथै बागीना समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रस्तुति रहेनछ ।’ उनले भनिन्,‘ कार्यक्रमका प्रमुख अतिथि खलंगामा हमला पुस्तकका लेखिका, मदन पुरस्कार विजेता सामाजिक अभियन्ता राधा पौडेल रहने ज्योती फाउण्डेसनले जनाएको छ ।