१९ बैशाख २०८१, बुधबार

कर्णाली प्रदेशका प्रहरीले डियुटीमा मोबाईल चलाउन नपाउने


सुर्खेत । कर्णाली प्रदेश र मातहतका प्रहरीहरुले डुयुटी समयमा मोवाइल चलाउन नपाउने भएका छन् । सुरक्षा जस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रीत होस भनेर यस्तो नियम बनाइएको हो ।

तर, यो नियम टिम कमाण्डरका हकमा लागु हुने छैन् ।

डियुटिको समयमा आफ्नो जिम्मेवारी क्षेत्र भित्र प्रभावकारी निगरानी हुन सकोस र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन सकियोस भन्ने उद्देश्यले यो व्यवस्था सुरू गरिएको कुरा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालले जानकारी दिए । ‘यसरी मोबाईल नचालाउँदा सुरक्षा निग्रानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने सामाजिक सञ्जालको दुरूपयोग गर्नु बाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारी स्वयमको पनि मोबाईल खर्च बचत हुने देखिएको छ ।’ उनले भने,‘यस कार्यले प्रहरी प्रतिको नागरिक विश्वास पनि बढ्ने अपेक्षा गरिएको छ ।’

यसरी ड्युटिको समयमा मोबाईल नचलाउन÷नबोक्नको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तलिम केन्द्र, ईलाका, चौकीसम्म परिपत्र गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसको प्रभावकारी रूपमा ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।