२३ बैशाख २०८१, आईतवार

लागूऔषधसहित एक जना पक्राउ


सुर्खेत । प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ८ खजुरा दहब क्याफेबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार बेलुका झापा पृथ्वीनगर नगरपालिका–३ घर भइ हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ नेवारे बस्ने १९ वर्षका अनमोल लामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लामालाई सोधपुछ गरी शरिर खानतलासी गर्दा साथबाट शुद्ध दुई ग्राम ६५० मिलिग्राम लागुऔषध ब्राउनसगुर जस्तो धुलो पदार्थ फेलापारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लक्ष्मण शाहीले जानकारी दिए ।

सूचना अधिकारी शाहीका अनुसार लामामाथि थप अनुसन्धान भइरहेको बताए ।