२० बैशाख २०८१, बिहीबार

सेनाको हेलिकोप्टरबाट कालापानी जाँदै आज सशस्त्रको टोली


काठमाडौं । सशस्त्र प्रहरीको टोली आज दार्चुलाको कालापानी सीमा क्षेत्रमा जाने भएको छ । ५० गुल्म दार्चुलाबाट २५ जना सशस्त्र प्रहरीको टोली नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट सदरमुकाम खलंगाबाट ब्यास गाउपालिका–१, छाङरू हुँदै त्यसतर्फ जान लागेको हो ।
नेपाली भूमि हुँदै भारतले मानसरोवर जाने सडकको उद्घाटन गरेपछि सशस्त्रको टोली आज आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर टोली जान लागेको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ । सशस्त्र प्रहरी पठाउनेबारे सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापाबीच पनि मंगलबार छलफल भएको थियो ।