१५ बैशाख २०८१, शनिबार

पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको हो।

अहिले काठमाडौं उपत्यकामा ७३९९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५४०, भक्तपुरमा ९०८ र ललितपुरमा ९५१ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१६४ जना संक्रमणमुक्त भएका छन्। यस्तै २१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ।