२० बैशाख २०८१, बिहीबार

दैनिक उपभोग्य सामानको मुल्य बढ्यो


कालीकोट । कालीकोटमा दैनिक उपभोग्य सामानको मुल्य अत्याधिक रुपमा बढेको छ । खाना पकाउने ग्याँस, चामल, दाल र तेलको मुल्य अन्य ठाउँकोभन्दा अत्याधिक रुपमा बृद्धि भएको हो ।
खाना पकाउने ग्याँसको मुल्य दुई सय रुपैयाँ, चामल चार सय रुपैयाँ, खाने तेलको पेटीमा चार सय रुपैयाँसम्म व्यवसायीहरुले मृल्य बृद्धि गरेका छन् । त्यस्तै, २५ किलोको सुमो चामल एक हजार छ सय रुपैयाँबाट बृद्धि भएर दुई हजार रुपियाँमा पुगेको छ भने मास, मुसुरोको दाल १३५ बाट बढेर १८० रुपियाँ पुगेको छ ।
कालीकोटमा विगतमा एक हजार छ सयमा पाइने खाना पकाउने ग्याँस अहिले एक हजार आठ सय रुपैयाँमा बिक्रि गर्ने गरेका छन् भने विगतमा दुई हजार दुई सय रुपैयाँमा पाइने खाने तेलको मुल्य बृद्धि भएर दुई हजार छ सय रुपैयाँ बिक्रि हुने गरेको उपभोक्ता मन्च कालीकोटका अध्यक्ष कालीबहादुर बिष्टले बताए । ‘मनोमानी ढंगले दैनिक उपभोग्य बस्तुको मुल्य बृद्धि गरिएको छ ।’ उनले भने, ‘नियमित बजार अनुगमन नहुँदा खाद्य बस्तुको मुल्य बृद्धि भएको छ ।’
खाना पकाउने ग्याँस छ महिनामा अवधिका छ पटक मुल्य बृद्धि भएको र अझैँ मुल्य हुनसक्ने ग्याँस बिक्रेता नन्दबहादुर शाहीले बताए । ‘जिल्लामा ग्याँसको मात्र मूल्य बढेको छैन ।’ उनले भने, ‘अन्य उपभोग्य सामानको मूल्य झन् बढेको छ ।’
डिलरबाटै बढेर आएकाले आफूहरुले केही गर्न नसक्ने उद्योग वाणिज्य सङ्घ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए ।
जिल्लाको ग्रामिण इलाकामा ग्याँसको मुल्य तीन हजारसम्म बिक्रि हुने गरेको रास्कोट नगरपालिका–२ का रामचन्द्र न्यौपानेले बताए ।