कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्। कर्णाली प्रदेश सभाको २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए।


सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्। कर्णाली प्रदेश सभाको २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए।
शर्मालाई प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कर्णालीमा बहुमतका लागि कुल ४० जना सदस्यमध्ये २१ सिट आवश्यक पर्छ। शर्माको पक्षमा २५ सांसद छन्। शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक जना सदस्यले समर्थन गरेका छन्।
कर्णालीपाटी । २७ पुष २०७९, बुधबार २०:०९