कर्णालीका मुख्यमन्त्री शर्माले आज साथ लिदैँ


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शपथ लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री शर्मालाई आज दिउँसो तीन बजे कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सपथ खुवाउने कार्यक्रम रहेको छ ।
नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री बनेका शर्मासँगै एमाले र माओवादी केन्द्रका एक÷एक जना मन्त्रीले पनि सपथ खाने छन् । तर, मन्त्री हुनेको नाम अहिलेसम्म दलहरुले सार्वजनिक गरेका छैनन् ।
कर्णालीपाटी । २८ पुष २०७९, बिहीबार ११:२७