कर्णाली मुख्यमन्त्रीसहित दुई मन्त्री खाए सपथ


सुर्खेत । कर्णालीमा मुख्यमन्त्री राजकुमार शर्मासहित दुई जना मन्त्रीले सपथ खाएका छन् । कर्णालीका मुख्यमन्त्री शर्मा सहित विना विभागिय मन्त्रीका रुपमा एमालेका विनोद शाह र माओवादी केन्द्रका मंगलबहादुर शाहीले मन्त्रीको सपथ खाएका हुन् ।
मुख्यमन्त्री शर्मा, विना विभागिय मन्त्री शाह र शाहीलाई कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सपथ खुवाएका हुन् ।
विना विभागिय मन्त्री भएका शाह दैलेख निर्वाचन क्षेत्र २ प्रदेशसभा ‘ख’ बाट र शाही मुगु प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित सांसद हुन् ।
अहिले विना विभागिय मन्त्री भएका शाह र शाहीलाई दुई पार्टीबीच छलफल गरेर मन्त्रालय तोक्ने सहमति भएको एमाले र माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
कर्णालीपाटी । २८ पुष २०७९, बिहीबार १६:३३