कर्णालीमा सभामुखको लागि उम्मेदवारी दिने समय आज


सुर्खेत । कर्णाली प्रदेशमा शनिबार सभामुख छनोटका लागि उम्मेदवारी दर्ता गर्ने समय आज ११ः बजेदेखि बेलुका ५ बजेसम्मको समय रहेको रहेको छ । तर, दलहरुले अहिलेसम्म कसलाई सभामुख बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन् ।
कर्णालीमा सत्ता गठबन्धन दल एमालेको भागमा सभामुख परेको छ भने उपसभामुख माओवादी केन्द्रको भागमा रहेको छ ।
भोली (आइतबार) ११ बजेबाट प्रदेश सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ ।
कर्णालीपाटी । ३० पुष २०७९, शनिबार १३:२२