१८ बैशाख २०८१, मंगलवार

जुम्लामा आगलागी हुँदा एक जनाको मृत्यु


सुर्खेत । जम्लाका घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका– १ ठिन्केस्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको हो ।
आगलागीमा परि चन्दननाथ–१ निवासी लोकबहादुर भण्डारीको घरमा गएराति ११ बजे आगलागी हुँदा भण्डारीकै छोरी १३ वर्षीया बन्दना भण्डारीको जलेर मृत्यु भएको छ । मृतक बन्दना तेस्रो तलामा भएको र आगो नियन्त्रणबाहिर भएकोले उनलाई बचाउन नसकिएको प्रहरी निरीक्षक यमबहादुर बुढामगरले बताए ।