५ जेष्ठ २०८१, शनिबार

धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या


सुर्खेत । सल्यानमा धारिलो हतियार बन्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन । सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीको धारिलो हतियार (बन्चरो) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधवार बिहान डम्मर धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए । श्रीमतीको हत्या गर्ने सार्कीलाई ढोरचौर बजार नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।