२३ बैशाख २०८१, आईतवार

रेविज बिरुद्धको निःशुल्क खोप अभियान सम्पन्न


वीरेन्द्रनगर । रेविज बिरुद्धको निःशुल्क खोप अभियान सम्पन्न भएको छ । दैलेखको आठबिस नगरपालिकाको वडा नंं.१ र ८ तिलेपाटामा रेबिज बिरुद्दको खोप अभियान सम्पन्न भएको हो ।

‘रबिज नियन्त्रणःएक स्वास्थ्य, एक गन्तब्य’ नाराका साथ खोप अभियान सञ्चालन गरिएको नेपाल पाराभेटेरीनरी एन्ड लाईभस्टक एसोसिएशन(नेभ्ला)का केन्द्रीय उपाध्यक्ष, कर्णाली प्रदेश संयोजक तथा आठबिस नगरपालिका पशु सेवा शाखा कर्मचारी प्रकाश पाण्डेले जानकारी दिए । ‘खोप कार्यक्रममा ८० भन्दा बढी कुकुरलाई रेबिज बिरद्धको खोप लगाईएको थियो ।’ उनले भने,‘नगरपालिका, वडा र नेभ्लाको संयोजनमा रेविज बिरुद्धको खोप सञ्चालन भएको हो ।’

घरपालुवा तथा सामुदायिक कुकुर रेबिज फैलाउने मुख्य जिम्मेवार मानिने गरेको कारणले रेविज बिरुद्धको खोप अभियान सञ्चालन गरिएको वडाध्यक्ष अदलबहादुर शाहीले बताए । ‘रेबिज फैलाउनमा कुकुर प्रमुख मानिएपनि बिरालो, चमेरो, बाँदर, खरायो, घोडा, बाख्रा, स्याल, गाई, न्याउरीमुसालगायत जंगली जनावरबाट समेत सर्ने गरेको छ ।’ उनले भने,‘रेविज रोगलाई नियन्त्रण गर्नका लागि शिविर सञ्चालन गरिएको हो ।’