१७ मंसिर २०८१, सोमबार

बालविवाहमुक्त पालिका निर्माणमा जुट्दै नरहरिनाथ गाउँपालिका


कालिकोट । नरहरीनाथ गाउँपालिकालाई बालविवाहमुक्त घोषणाका गरिने भएकाे छ । पालिकालाई बालविवाहमुक्त बनाउन आइतबार स‌ंवाद कार्यक्रम आयोजना गरिएकाे छ । प्लान ईन्टरनेस्नल नेपालकाे आर्थिक सहयाेग र सादा नेपालकाे साझेदारीमा आइतबार उक्त् कार्यक्रम आयोजना गरिएको हो ।

नरहरीनाथ  गाउँपालिका धार्मिक अगुवा, नागरिक समाज सञ्जालका पदाधिकारी, किशाेरी समुहका पदाधिकारी, महिला समुह, जनप्रतिनिधि हरुकाे सहभागिता रहेकाे संवाद कार्यक्रममा उमेर नपुगी हुने विवाहलाई बन्देज  गर्न सबै पक्षको सहकार्य जरुरी भएको बताएका छन् । धार्मिक मान्यताको रुपमा हुदै आएको बालविवाहलाई अपराध वा घटनाको रुपमा बुझ्न बर्तमान समयको माग भएको स्थानीयको भनाइ छ ।

कार्यक्रममा पन्डित तथा धार्मिक अगुवा सञ्जालका स‌ंयाेजक जयमणि भट्टराईले सानै उमेरमा बिवाह गर्दा शिक्षा, स्वास्थ्य, सुरक्षासम्बन्धी अधिकारहरूबाट पनि यसले बञ्चित गरेकोले उमेर नपुगी गरिने विवाह राेक्न सबै पक्ष प्रतिबद्ध हुनु पर्ने बताए । सञ्जालका सदस्य लक्ष्मी उपाध्ययाले जातीय छुवाछुत र बालविवाह अन्त्यका लागि  सामाजिक  कुसंस्कारका रुपमा रहेका प्राचीन रितिरिवाज त्याग्नु पर्ने बताए ।

२० बर्ष उमेर नपुग्दै गिरने विवाहलाई सामाजिक बहिष्कार गर्नु पर्ने नागिरक अगुवाहरुले बताएका छन् ।  यसरी गरिने विवाहमा  जन्ति नजाने, भाेजमा सरिक नहुने र सामाजिक रुपमा बहिष्कार गर्नु पर्ने उनीहरुको भनाई छ ।

नागरिक समाज सञ्जाल अध्यक्ष प्रकाश न्याैपानेले बालविवाह न्युनिकरण गर्ने टाेलस्तरमा सचेतनामुलक क्रियाकलाप सञ्चालनमा जाेड दिए । सादा नेपाल नरहरिनाथ फिल्ड अफिसर गाेबिन्द नेपालीले परियाेजनाले बालविवाह राेकथाममा गरिरहेकाे क्रियाकलापबारे जानकारी गराएका थिए । सादा नेपाल कालिकाेटका कार्यक्रम संयोजक दलसिङ कुमालले बालविवाह राेकथाममा हालसम्म भयकाे उपलब्धि, बालविवाह हुनुका कारण र बालविवाहकाे तथ्यांङ्क प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि नगेन्द्र बिष्टले बालविबाह राेक्न आफुले रणनीतिक कार्ययाेजना बनाएर कार्यान्वयन गर्ने बताए । बालविवाह राेकथाम अभियानका लागि सबै पक्षसंग स्थानीय सरकारले सहकार्य गर्ने प्रतिबद्धता जनाए । बालविवाह मुक्त अभियानमा स्थानीयले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको अध्यक्ष बिष्टले बताए। कानुन विपरित बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र ताकेको दण्ड पनि गर्ने उनको भनाइ छ ।  बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने भएको भन्दै उनले छिट्टै बालबिवाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता जनाए ।

वडा नं. ३ वडाध्यक्ष एंवम कार्यक्रमका अध्यक्ष कटक बुढाले वडालाई तत्काल बालविबाहमुक्त वडा घोषणा गर्नुपर्ने भएकाले सम्पुर्णलाई सहयोगका लागि आग्रह गरे । उनले ग्रामिण क्षेत्रमा चेतनाको कमीले बालविबाह रोक्ने ठुलो चुनौती रहेको भन्दै नियन्त्रण गर्ने सम्पुर्ण सरोकारहरुको सहयोग आबश्यक रहेको बताए । उनले बालविबाहलाई रोक्न विधालयस्तरमै पाठ्यक्रमको ब्यबस्था गरि विद्यालयमै जनचेतनामुलक काम गर्नेपर्ने बताए ।

नरहरिनाथ गाउँपालिका ३ नम्वबर वडाका अध्यक्ष कटक वुढाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजीकरण पत्रकार चन्द्रप्रसाद भट्टराईले गरेका थिए ।