१७ बैशाख २०८१, सोमबार

सामुदायिक विद्यालय विद्यालयका शिक्षकलाई तालिम


कालीकोट । सामुदायिक विद्यालयका शिक्षकहरुका लागि अपाङ्गता, समावेशी शिक्षा र बालबालिकाहरुका लागि प्रारम्भिक पहिचान सम्बन्धि तीन दिने तालिम आज(शनिबार) नरहरिनाथ गाउँपालिकामा उद्घाटन भएको छ । तालिम चैत्र १०, ११ र १२ गतेसम्म चल्नेछ ।

तालिमको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले उद्घाटन गर्नुभएको हो । बालविबाह, छिटो हुने बिवाह र जबरजस्ति गरिने बिवाहको रोकथाम परियोजना अन्तर्गत प्लान इन्टरनेसनलको आर्थिक सहयोग नरहरिनाथ गाउँपालिकाको समन्वय र सामाजिक जागरण तथा बिकास प्रतिष्ठान सादा नेपाल कालिकोटको आयोजनामा उद्घाटन भएको हो।

नरहरिनाथ गाउँपालिकाका १८ वटा विद्यालयका ४० जना शिक्षकहरु सहभागी भएका छन् । कार्यक्रमको उद्घाटनमा बोल्दै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष विष्टले तालिममा सहभागीहरुलाई सक्रिय सहभागितासहित तालिमलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गरे । शिक्षा सुधारका लागि सम्पूर्णले सहयोग गर्नुपर्ने आबश्यक रहेको उनको भनाई थियो ।

तालिममा बिद्यालयलाई अपाङ्ग मैत्री कसरी बनाउने, समावेशी शिक्षामा कसरी जोड दिन सकिन्छ र बालविवाहलाई स्कुलस्तरमा कसरी रोक्न सकिन्छ भन्ने बिषयमा केन्द्रीत रहने छ । तालिमको सहजिकरण राजु आचार्य र कार्यक्रमको सन्चालन फिल्ड अफिसर गोबिन्द नेपालीले गरेका छन् ।