१५ बैशाख २०८१, शनिबार

जलवायु परिवर्तनका बिषयमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न


कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको कुमालगाउँमा जलवायू उत्थानशिल गाउँपालिका सम्बन्धि अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा फिनल्याडको आर्थिक सहयोग र सहयोगी हातहरुको समूह (साहास) नेपाल पाईला परियोजनाको आयोजनामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार साह, सम्पूर्ण वडाका अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, गाउँपालिका सम्पूर्ण शाखाका शाखा प्रमुखहरु, पत्रकार ,महिला समुहका प्रतिनिधि, किशोरी सम्बाद समुहका प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।

अन्तरसम्बाद कार्यक्रममा नरहरिनाथ गाउँपालिकालाई जलवायू उत्थानसिल पालिका बनाउने तयारीका बिषयमा छलफल भएको थियो । जलवायू परिवर्तनले पार्ने वर्तमान र भबिष्यमा कस्ता खालको असर पार्छ भन्ने बिषयमा छलफल भएको हो ।

जलवायू उत्थानसिल पालिका बनाउन पालिकाले कस्तो खालको रणनीतिक योजना बनाएको छ भन्ने बिषयमा पनि छलफल भएको थियो ।

पछिल्लो समयमा जलवायू परिवर्तनका कारण अनिमित वर्षा हुने, स्वास्थ्यमा सम्सया देखिने, कृर्षिमा रोग लाग्ने, छिटोछिटो हिउँ पग्लने, लामोसमयसम्म पानी नपर्ने, भुक्ष्य हुने र स्वच्छ खानेपानीको अभाव हुने समस्याहरु देखिन्छन । यसलाई न्युनिकरण गर्ने कृषि अनुकुल प्रणालीको प्रयोग गर्ने, बैकल्पिक उर्जाको प्रयोग गर्ने, खेर गएको पानी संकलन र आकासे पानीको संकलन गरि त्यसलाई कृर्षिजन्य उत्पादनमा प्रयोग गर्ने र बनजंगल को संरक्षण गर्नुपर्ने बिषयमा छलफल भएको थियो ।

अन्तरसम्वाद कार्यक्रममा जवाफदेही बक्ताका रुपमा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष विष्ट , उपाध्यक्ष साह, निमित्त प्रमुख प्रसासकिय अधिकृत मानबहादुर सहकारी, साहास नेपाल परियोजना संयाेजक मनिक्षा आचार्य, पन्चदेवल मुल समतिका अध्यक्ष सत्य बुढा र सक्षम पाहिला किशोरी समुहका अध्यक्ष पबित्रा बिक रहेका थिए ।

सम्बाद कार्यक्रममा सहभागीहरुले जलवायू उत्थानसिलताका बारेमा प्रश्न हरु सोधेका थिय। नरहरिनाथ गाउपालिकाले जलवायू परिवर्तन न्यूनीकरण गर्ने बिषयमा रणनीतिक योजना बनायर विभिन्न संघ–संस्थाहरुको समन्वयमा काम भईराखेको अध्यक्ष बिष्टले बताए । उनले नरहरिनाथ गाउँपालिकामा परम्परागत चुलोलाई त्यागेर नयाँ आधुनिक चुलो बितरण गरिरहेको र वनजङ्ल लाई जोगायर राख्नु पर्ने मा जोड दिइरहेको बताए । उनले सन् २०२४ भित्रै पालिकालाई जलवायु उत्थानशिल पालिका बनाउने बिषयमा सबैले हातोमालो हरेर जानुपर्ने बिषयमा जोड समेत दिए ।
यसमा सबैले प्रतिबद्ध भएर लाग्नु पर्ने र आफु पनि प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्क्ष शाहले साहास नेपालले स्थानीयस्तरमा गरेका कामहरु निकै लोकप्रिय रहेको बताए । उनले
आफुअनुगमका क्रममा जाँदै गर्दा महिलाहरुलाई सादा नेपालले उधमतिर जोडेको र महिलाहरुको मुहारमा खुसी छाएको बताए । कार्यक्रमको सहजिकरण पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले गरेका थिए ।