१ जेष्ठ २०८१, मंगलवार

नरहरिनाथमा सञ्चालन भयाे सुबिधा सम्पन्न न्यू भट्टराई होटेल


कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको मुकाम कुमालगाउँमा सुबिधा सम्पन्न बुधबार सुबिधा सम्पन्न न्यू भट्टराई होटेल सञ्चालनमा आएको छ । न्यू भट्टराई होटलको उद्घाटन नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले गरेका हुन् ।

नरहरिनाथ गाउँपालिका–३ कुमालगाउँस्थित निर्माणधिन गाउँपालिकाको भवन नजिकै सुविधा सम्पन्न होटल उद्घाटन भएको छ ।

न्यू भट्टराई होटलमा फ्री वाईफाई, कार्यक्रमको लागि चार सयभन्दा बढी अट्ने आफ्नै सभा हल, प्रोजेक्टरको व्यवस्था, सुत्नको लागि सुविधा सम्पन्न छ वटा कोठाको व्यवस्था, खाना र नास्ताको व्यवस्था भएको होटलका संचालक रमेश भट्टराईले बताए । ‘होटल विगत छ वर्षदेखि सञ्चालन हुँदै आएको थियो ।’ उनले भने,‘ग्राहकको बढ्दो माग र नयाँ व्यवस्थानका साथ अनुमानित रु. १० लाख लागतमा निर्माण भएको हो ।’