३ कार्तिक २०८१, शनिबार

सरसफाई उन्मुख वडा घोषणा



कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको कोटवाडास्थित वडा नं. एकलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ। वडाका चार सय ५० घरधुरीले पूर्ण सरसफाईका ६ वटा सुचकहरु सुरक्षित चर्पिको प्रयोग, सुरक्षित पानीको प्रयोग एंवम भन्डारण, साबुनपानीले हात धुने बानी तथा व्यक्तिगत सरसफाई, सुरक्षित खानाको प्रयोग एंवम भण्डारण, घरआगनलाई सधैँ सफा राख्ने, सफा वातावरण पूरा गरेरकाले वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

नेपाल सरकारले सन २०३० सम्म नेपाललाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गर्ने लक्ष्य राखेको र त्यसैलाई मध्यनजर गर्दै समुदायमा छलफल, अन्तरक्रिया,र विभिन्न संघसंस्थाहरुको सहयोगमा आज वडालाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको वडाध्यक्ष जगतबहादुर बिष्ट (निर्माण)ले बताए ।

नरहरिनाथ गाउँपालिका वडाअध्यक्ष बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टको प्रमुख आथित्यता नरहरिनाथ गाउँपालिकाका उपाअध्यक्ष कमलकुमार शाहको विशेष आतिथ्यतामा, वडा नं. ३ का अध्यक्ष कटकबहादुर वुढा, हेल्भटास नेपालका क्षमता बिकास अधिकृत निलकन्ट पान्डे, हुरेन्डेक कालिकोटक उपाअध्यक्ष बिरेन्द्र बहादुर वुढा ,वडा न १ का सम्पुर्ण विद्यालयका प्रअ विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, राजनैतिक दलका प्रमुखहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सरसफाइका गतिबिधिलाई निरन्तर अगाडी बढाई राख्न आग्रह गर्दै पुर्ण सरसफाईका चरणहरुलाई पुरा गर्न आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष विष्टले बताए ।

कार्यक्रममा बोल्दै हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष बिरेन्द्र वुढाले सरसफाई मानव जीवनको जनजीवनसँग जोडिएको र आगामी दिनमा नरहरिनाथ गाउँपालिकाका सबै वडालाई पनि पुर्ण सरसफाई उन्मुख वडा घोषणा गर्न लागिरहेको सबैले यो अभियानमा सहयोग गर्ने आग्रह गरे ।