२ कार्तिक २०८१, शुक्रबार

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण


कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको श्री रमा माध्यामिक विद्यालयमा आज ४५ जना कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरुलाई स्टेसनरीसहितको झोला वितरण गरिएको छ । प्लान ईन्टरनेस्नल नेपालको आर्थिक सहयोग नरहरिनाथ गाउँपालिकाको समन्वयमा कक्षा एकदेखि तिनसम्मका अती बिपन्न, असाहाय, टुहुराहरुलाई झोला वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक तपेन्द्र महताराले बताए ।
विद्यालयको अनुगमन तथा झोला वितरण कार्यक्रममा नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट, उपाध्यक्ष कमलकुमार शाह, गाउँपालिकास्थित सामाजिक बिकास समिति अध्यक्ष जगतबहादुर बिष्ट, वडा न ३ का वडाध्यक्ष कटकबहादुर वुढा, शिक्षक महासंघ नरहरिनाथ गाउँपालिका अध्यक्ष शेरबहादुर बिष्ट, शिक्षा समिति सदस्य निर्मलकुमार बिष्टको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा शैक्षिक अबस्था समग्रमा सुधारउन्मुख रहेको र विद्यालयले शैक्षिक सामाग्रीको प्रयोग, भण्डारणलाई चुस्त राख्न विद्याधालय परिवार द्रुत रुपमा अधि बढेको सामाजिक बिकास समिति अध्यक्ष जगतबहादुर बिष्टले बताए । साथै बिद्यालयले आजै अभिभाबक आमा समूह पनि गठन गेरको छ । कक्षा एकदेखि पाँचसम्मका सम्पूर्ण अभिभाबक आमा हरुलाई सदस्य रहनेगरि माङ्लि वुढाको अध्यक्षतामा अभिभाबक आमा समूह गठन गरिएको हो ।

आमा समुहले आप्ना छोराछोरीले राम्रोसँग पढे नपढेको,नियमित विद्यालय आए नआएको रेखदेख गर्ने र महिनाको एक पटक भेला भएर छलफल गर्ने उद्देश्यले समुहले गठन गरिएको विद्यालयका प्रधानाध्यापक तपेन्द्र महताराले बताए । उनले भने ‘यो आमा समुहले विद्यार्थीको नियमित ब्यक्तिगत सरसफाई र विद्यार्थीको नियमिततालाई सुधार गर्नेछ।