प्रधानमन्त्रीले राजीनामा नदिए समर्थन फिर्ता लिन्छौँ ः एमाले उपाध्यक्ष पौडेल
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
एमालेको मङ्गलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अल्पमतमा परेको भन्दै बुधबार ९आज० भित्र राजीनामा दिन आग्रह गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्ड भने राजीनामा नदिने बरु सदनमा विश्वासको मतको सामना गर्ने अडानमा छन् ।
यसपछि एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको हो । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालभ्युजसँग भने, “प्रधानमन्त्रीजीलाई आजसम्म मार्गप्रशस्त गर्न भनेका छौँ । उहाँले राजीनामा नदिए आजै समर्थन फिर्ता लिन्छौँ, मन्त्रीहरूलाई फिर्ता बोलाउँछौँ ।”
प्रचण्ड नेतृत्वको सरकारमा ९ मन्त्रालय लिएर सहभागी भएको एमालेले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने निर्णय गरिसकेको छ । यसको कार्यान्वयनका लागि उसले प्रधानमन्त्री प्रचण्डको तत्काल राजीनामा चाहेको हो ।
कांग्रेससँगको समझदारीमा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भनेर हस्ताक्षर गरिसकेको छ । तर, प्रधानमन्त्री प्रचण्डले भने मार्गप्रशस्त गरेका छैनन् ।
उनी ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने रणनीतिमा छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले उक्त धारा गुजार्न चाहेको देखिन्छ । त्यसका लागि उनले सदनमा विश्वासको मतको सामना गर्ने निर्णय लिएका छन् ।
उनले सदनमा विश्वासको मत पाउने कुनै सम्भावना छैन । एमालेले कांग्रेससँग नयाँ सत्ता समीकरण बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डलाई जम्माजम्मी ७६ सांसदको मात्रै समर्थन देखिन्छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने छैनन् र प्रधानमन्त्री पदबाट स्वतस् बाहिरिने छन् । योसँगै सरकार गठनको प्रक्रिया ७६ को उपधारा ३ मा पुग्नेछ । त्यो भनेको संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने हो ।
अहिलेको सन्दर्भमा ती पात्र कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । अर्थात् प्रधानमन्त्री प्रचण्ड गत असार १७ गते राति एमाले(कांग्रेसबीच जुनखाले समझदारी भयोस ओलीलाई प्रधानमन्त्री बनाउने, त्यसविरुद्धको धारासम्म प्रक्रिया पुर्याएर छाड्न चाहन्छन् ।
अब यो विषय र सन्दर्भ कता सोझिन्छ, अन्योलग्रस्त छ ।
कर्णालीपाटी । २० असार २०८१, बुधबार १६:३६