२ कार्तिक २०८१, शुक्रबार

दैलेखमा चट्याङ पर्दा ३ जना घाइते : एक जनाको अबस्था गम्भिर


दैलेख । दैलेखमा चट्याङ पर्दा ३ जना घाइते भएका छन । जिल्लाको महाँबु गाउँपालिका वडा नं. २ पिपलपाटामा चट्याङ पर्दा ३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा खडक बहादुर सुनारका २९ वर्षीया छोरा डिल बहादुर सुनार,११ वर्षीया नगेन्द्र सुनार र गणेश सुनारका छोरा बर्ष ११ का महेश सुनार रहेको महाँबु गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रकाशराज थापाले जानकारी दिए ।

थापाका अनुसार शनिबार साझ ५स् ३० को समयमा पानी परेको बेला चट्याङ परेर उनीहरू घाइते भएका हुन् । घाइते मध्य दुई जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको र गम्भिर घाईते भएका नगेन्द्र सुनारलाई प्रदेश अस्पताल सुर्खेत रिफर गर्ने तयारी भएको थापाले बताए ।