३ कार्तिक २०८१, शनिबार

तिलागुफा नगरपालिकाका ६८ जनालाई खाद्यन्न बितरण


कालीकोट: जिल्लाको तिलागुफा नगरपालिकामा खाद्यन्न वितरण गरिएको छ । जोखिममा रहेका बालबालिका तथा उनका परिवारहरूलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
तिलागुफा नगरपालिकाका ६८ जना बालबालिकाका आफन्तलाई खाध्यन्न सहयाेग गरिएकाे ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफकी अध्यक्ष कल्पना रावल बाेगटीले बताईन् ।
ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन भएको सहयात्रा परियोजना तीन मार्फत खाद्यन्न वितरण गरिएको उनकाे भनाई छ ।
बालबालिका सम्बन्धिको ऐन २०७५ को दफा ४८ अनुसार अति जोखिममा रहेका बालबालिकालाई वडा बालअधिकार समितिको सिफारिसमा खाद्यन्न वितरण गरिएकाे हाे । वडाबाल अधिकार समितिको सिफारिसमा अति जोखिममा रहेका बालबालिका र उनका आफन्तलाई चामल, दाल, तेल लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको छ ।
तिलागुफा नगरपालिकाको समन्वय, सेभ द चिल्ड्रेन, भिडिसेफ नेपाल कालिकोटको सहयोगमा तिलागुफा नगरपालिका अन्तर्गत जोखिममा रहेका ६८ बालबालिका हरुका अभिभावकहरुलाई बर्षायाममा सहजताको लागि प्रती ब्यक्ति ४११३ रुपैयाँ बराबरको खाद्यान्न सामान बितरण गरिएको हाे ।