३ कार्तिक २०८१, शनिबार

चट्याङ लागेर एक जनाको मृत्यु


सर्खेत । चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए ।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल खत्रीले बताए ।

सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई सोमबार साँझ ५ बजे चट्याङले हानेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।